बालबालिका राष्ट्रको जिम्मेवारी वहन गर्ने भविष्यको कर्णधार : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताएकी छिन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले बालबालिका भविष्यका नेता, नीति निर्माता र आविष्कारकसमेत भएको उल्लेख गरे । भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका निम्त उनीहरूको पालनपोषण, हेरविचार, […]
राजकीय सम्मानका साथ नेम्वाङकाे अन्त्येष्टि

संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ । नेम्वाङकाे आज बिहीवार दिउँसाे पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । नेम्वाङकाे पार्थिव शरीरमा उहाँका जेठाे छाेरा मेङ्साे र कान्छाे छाेरा सुहाङले दागबत्ती दिनुभएकाे थियाे । दागबत्ती दिनुअघि नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो । नेम्वाङकाे पार्थिव शरीरमा प्रधानमन्त्री […]
अब शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर

काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम योग्यता स्नातक उतीर्ण तोकिएको हो । हाल प्राथमिक तहको शिक्षकका लागि कक्षा १२ उतीर्ण भए पुग्ने व्यवस्था छ । हाल प्राथमिक, निम्न माध्यमिक र […]
प्रधानमन्त्रीसहित शीर्ष नेताहरू च्यासल पुगेर नेम्वाङलाई दिए श्रद्धाञ्जली

प्रधानमन्त्रीसहित शीर्ष नेताहरू च्यासल पुगेर नेम्वाङलाई दिए श्रद्धाञ्जली काठमाडौँ — मंगलबार निधन भएका संविधानसभाका अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरूले श्रद्धाञ्जली दिएका छन् । ललितपुरस्थित एमाले पार्टी कार्यालयमा पुगेर प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम […]
सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

काठमाडौँ । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने सरकारले निर्णय गरेको छ । वर्तमान प्रतिनिधिसभा समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो । वर्तमान प्रतिनिधिसभा समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो । नेपालको संविधान निर्माण तथा […]
मधेश प्रदेशकी सांसद बिन्दु यादवको निधन

मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।क्यान्सर रोगबाट पीडित ४४ वर्षीया सांसदको आज बिहान साढे ८ बजे निधन भएको हो। दुई वर्षदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित उनी १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन। महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद […]
मोर्चा कार्यकर्तालाई प्रचण्डको निर्देशन : इँटको जवाफ पत्थरले दिनुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् । मोर्चाले आज (सोमबार) विराटनगरमा गरेको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु पार्टी हुने जस्तो विडम्बना देखिएको बताए । सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको भन्दै उनले भने, […]
ललिता निवास प्रकरणमा १७ जनालाई धरौटीमा छाड्न आदेश

२४ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १८ मध्ये एक जनालाई साधारण तारेखमा र १७ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरलाई साधारण तारेखमा र अरु आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हो । तुलाधरलाई भने जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको भन्दै […]
अमेरिकी सेनाको टोली नेपाल आउँदै

संयुक्त सैन्य अभ्यासका लागि आज अमेरिकी सेना नेपाल आउँदै छ । आइतवार २४ गतेदेखि असोज १२ गतेसम्म हुने संयुक्त अभ्यासका लागि अमेरिकी सेना नेपाल आउन लागेको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सैन्य अभ्यास भक्तपुरको नगरकोटमा हुनेछ । उहाँका अनुसार यो हरेक वर्ष हुने नियमित अभ्यास हो । यसअघि ३९ […]
कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । प्रहरीका अनुसार अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट खुकुरी हानेका हुन् । नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे घर भई बालाजु […]
