काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।

प्रहरीका अनुसार अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट खुकुरी हानेका हुन् । नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे घर भई बालाजु बस्ने सापकोलाई खुकुरीसहित नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्री बताउँछन् ।

टाउकोमा पछाडिको भागमा गहिरो चोट लागेका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको तर अब्जरभेसनका लागि आईसीयूमा राखिएको ट्रमा सेन्टरले जनाएको छ । उनको अवस्था बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा आफैं अस्पताल पुगेका थिए ।
यादव रिपोर्टस क्लबमा बोलिसकेपछि राप्रपाका महामन्त्री धवलशमशेर जबरासँग कुरा गर्दै बाहिरिने क्रममा पिछा गरिरहेका सापकोटाले टाउकोमा खुकुरी प्रहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *