प्रधानमन्त्रीसहित शीर्ष नेताहरू च्यासल पुगेर नेम्वाङलाई दिए श्रद्धाञ्जली


काठमाडौँ — मंगलबार निधन भएका संविधानसभाका अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरूले श्रद्धाञ्जली दिएका छन् ।

ललितपुरस्थित एमाले पार्टी कार्यालयमा पुगेर प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायत नेताहरूले नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका हुन् ।

मंगलबार राति १ बजे निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालय च्यासमा राखिएको छ ।

नेम्वाङलाई श्रद्धाञ्जली दिनका लागि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका अधिकांश नेताहरू पनि च्यासलमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *