मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित ४४ वर्षीया सांसदको आज बिहान साढे ८ बजे निधन भएको हो।

दुई वर्षदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित उनी १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन।

महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *