इजरायलमा दश नेपालीको निधन : मंगलबार राष्ट्रिय शोक

काठमाडौं– इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दश जना नागरिकप्रति सरकारले श्रद्धाञ्जली व्यक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ। त्यस्तै, दिवंगतप्रति सम्मान व्यक्त गर्न मंगलबार राष्ट्रिय शोक घोषणा गरिएको छ।त्यसक्रममा देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको […]

३६ घण्टा व्रत बसी सम्पन्न भयो जितिया व्रत

महान लोक पर्व जितिया आज सम्पन्न भएको छ । जितिया पर्व मैथिल संस्कृतिको एउटा मुख्य पर्व हो ।   बिहीबारदेखि सुरु भएको यो पर्व आज(सनिवार ) पूरा हुँदैछ ।  जितिया पाबनि बड भारी’ (जितिया पर्व धेरै ठूलो छ) भन्ने कथन अनुरूप व्रती आमाहरूले निराहार उपवास बसी व्रतलाई खण्डित हुन नदिने सङ्कल्प गरेका हुन्छन् ।  हिन्दू […]

प्रधानमन्त्री प्रचण्ड मानसरोवर जाँदै

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर घुम्न जाँदै छन् । बुधबार तिब्बतको ल्हासा पुगेका उनी बिहीबार बिहान गङ्गा  विमानस्थल जाने र त्यहाँबाट तिब्बत एयरलाइन्सको जहाज चढेर कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि प्रस्थान गर्ने  कार्यक्रम छ । कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि उनका साथमा भ्रमण दलमा […]

आज विश्व पर्यटन दिवस मनाइँदै

आज ४४ औं विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्। ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको […]

एमाले मधेस प्रदेश अधिवेशनको तयारी तीव्र

जनकपुरधाम। एमालेले मधेस प्रदेश समितिको अधिवेशन तयारी तीव्र पारेको छ । आगामी असोज २४ गतेदेखि जनकपुरमा हुने भनिएको सो अधिवेशनका लागि विभिन्न समिति र उपसमितिहरू बनाएर तयारी तीव्र पारिएको एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादवले जानकारी दिएका छन् ।  उनका अनुसार अधिवेशनका लागि १५० स्वयंसेवक र ५० जना पर्यवेक्षक खटाइने तयारी भइरहेको छ […]

मिथिलाञ्चलमा चौठचन्द्र पर्व मनाइँदै

मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व आज मनाइँदैछ । हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाइने गरिन्छ । यस क्षेत्रमा छठपछिको दोस्रो ठूलो पर्वका रूपमा चौठचन्द्र पर्व मनाइन्छ । यस पर्वका दिन महिला दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । साँझ सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी […]

बिरामी नजाँचेर डाक्टरहरुको प्रदर्शन- हिंसा समस्या हो, समाधान होइन’

काठमाडौं ।  नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले आज (आइतबार )देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । उनीहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवा पाउनबाट बन्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट […]

प्रधानमन्त्री प्रचण्डले भेटे राष्ट्रपति

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् । भेटका क्रममा प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका थिए । भेटवार्तामा समसामयिक विषयमा पनि छलफल भएको थियो ।

चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री दाहालको भेटवार्ता हाङझाउमै

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभालाई संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमणबारे जानकारी गराएका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा आफ्नो राष्ट्र संघको ७८औं महासभा र चीन भ्रमणबारे जानकारी गराएका हुन् ।  प्रधानमन्त्री दाहाल शनिबार राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जाँदैछन् । प्रधानमन्त्री दाहाल १९‍औं एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुन न्युयोर्कबाटै […]