काठमाडौं– इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दश जना नागरिकप्रति सरकारले श्रद्धाञ्जली व्यक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ। त्यस्तै, दिवंगतप्रति सम्मान व्यक्त गर्न मंगलबार राष्ट्रिय शोक घोषणा गरिएको छ।
त्यसक्रममा देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ।

मन्त्री रेखा शर्माका अनुसार, निधन भएका परिवारलाई राहतस्वरुप प्रतिपरिवार दश लाख उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ। सो रकम अर्थमन्त्रालयले गृहमन्त्रालयमार्फत् निकाशा गर्ने उनको भनाइ छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *