मधेश प्रदेशमा सरकारले पुनः विश्वासको मत लिने

मधेश प्रदेश सरकारले प्रदेश सभामा विश्वासको मत लिने भएको छ । सरकारमा सहभागी रहेको जनमत पार्टीले समर्थन फिर्ता लिएपछि सरकारले विश्वासको मत लिने तयारी गरेको छ ।जनमत पार्टीको मधेश प्रदेशमा १३ जना सभासद छन् । प्रदेश सरकार गठन भएदेखि नै सरकारमा रहेको जनमत पार्टीले गत मंगलबार सरकारबाट बाहिरिएर समर्थन पनि फिर्ता लिएको छ । जनता […]

लोकतन्त्रमा पनि बोल्दा र प्रदर्शन गर्दा गोली हान्नु लज्जाजनक : महन्थ ठाकुर

काठमाडौं।  लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले बालकुमारी र सर्लाहीमा प्रदर्शनका क्रममा सरकारद्वारा गोली हानेर हत्या गर्नु लज्जाजनक विषय भएको बताएका छन् ।  बुधबार गजेन्द्रनारायण सिंहको २२औं पुण्य तिथिको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले भने, ‘हामी अहिले पनि आफूलाई आन्दोलनकै अवस्थामा पाउँछौँ । किनभने बारम्बार हामी सोच्नका लागि […]

मधेश प्रदेश सरकारबाट बाहिरए जनमत पार्टी

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ।सोमवार शिक्षा मन्त्री महेश प्रसाद यादवको नेतृत्वमा मुख्यमन्त्रीलाई भेटेर जनमतका दुई मन्त्रीले राजिनामा बुझाएका छन ।मुख्यमन्त्री सरोज कुमार यादवलाई जनमतका मन्त्री महेश प्रसाद यादव र चन्दन सिंहले राजिनामा पेश गरेका हुन । यस अघि समर्थन फिर्ताको पत्र प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बझाइएको जनमत सरकारवाट बाहिर भएको जानकारी गराउन […]

जनकपुरबाट अयोध्या जाने भनिएको रेललाई भारतले अनुमति दिएन: कारण..

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल यात्रा रद्द भएको हो ।शनिबार बिहान नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय २० बोगीको रेल […]

मधेश सरकारले आज माघ ३ गते स्वाभिमान दिवस मनाउँदै, उपलब्धि सार्वजनिक गर्ने

जनकपुरधाम । मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ ।आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो । आज मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमान दिवस मनाउने र त्यहीँ मुख्यमन्त्री सरोजकुमार यादवको एक वर्षे कार्यकालको प्रमुख कार्यविवरण सार्वजनिक […]

राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू हुने

निर्वाचन आयोगले आउँदाे माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।माघ २ गतेदेखि माघ १२ गतेसम्म लागू हुने गरी आचारसंहिता जारी गर्ने निर्णय गरेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निकाल्नुभएको विज्ञप्तिमा आचारसंहिता अवधिभर कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल […]

राप्रपाले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहले माल्यार्पण गरेको हो।माल्यार्पणका लागि भृकुटीमण्डपमा जम्मा भएर अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा नेता कार्यकर्ताहरू र्‍याली गर्दै सिंहदरबार गेट अगाडि पुगेको थियो। माल्यार्पणमा  लिङ्देन, पशुपतिशमशेर जबरा लगायतका नेताहरू सहभागी थिए। माल्यार्पण कार्यक्रमपछि राप्रपाले भृकुटीमण्डपमा चियापान समारोह कार्यक्रम […]

बरहथवामा आन्दोलनरत पक्षसँग ११ बुँदे सहमति:मृतकको शव उठाइने

२२ पुस, जनकपुरधाम। सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । प्राथमिक अस्पताल स्तरोन्नतिका विषयमा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु भएपछि गत शुक्रबारदेखि बरहथवामा स्थानीयले प्रदर्शन जारी राखेका थिए ।गत शुक्रबार मारिएका स्थानीय युवा व्यवसायी जयशंकर साहको शव पनि तीन दिन पश्चात प्रहरीले मुचुल्का गरी उठाउन लागेको छ ।प्रदर्शन नियन्त्रण गर्न […]

नवनिर्मित राम मन्दिरका लागि जनकपुरबाट पठाएका हजारौं कोसेली अयोध्यालाई हस्तान्तरण

जनकपुर — भारतको   अयोध्यामा निर्मित राम मन्दिरका     लागि नेपालबाट लगिएको करिब ५ सयथरी कोसेली शनिबार हस्तान्तरण गरिएको छ । जनकपुर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले राम जन्मभूमि ट्रष्टका महासचिव चम्पत रायलाई कोसेली हस्तान्तरण गरेका हुन् । जनकपुरको जानकी मन्दिर परिसरबाट बिहीबार लगिएको कोसेलीमा सुनचाँदीका गरगहना, फलफूल, पान–मखान, कपडा, मिठाइका अनेक ब्यञ्जन, चाँदीकै थाल–बटुको, श्रृगारका […]