राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको छ। 
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहले माल्यार्पण गरेको हो।
माल्यार्पणका लागि भृकुटीमण्डपमा जम्मा भएर अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा नेता कार्यकर्ताहरू र्‍याली गर्दै सिंहदरबार गेट अगाडि पुगेको थियो। 
माल्यार्पणमा  लिङ्देन, पशुपतिशमशेर जबरा लगायतका नेताहरू सहभागी थिए। 
माल्यार्पण कार्यक्रमपछि राप्रपाले भृकुटीमण्डपमा चियापान समारोह कार्यक्रम भइरहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *