जनकपुरधाम । मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ।
सोमवार शिक्षा मन्त्री महेश प्रसाद यादवको नेतृत्वमा मुख्यमन्त्रीलाई भेटेर जनमतका दुई मन्त्रीले राजिनामा बुझाएका छन ।
मुख्यमन्त्री सरोज कुमार यादवलाई जनमतका मन्त्री महेश प्रसाद यादव र चन्दन सिंहले राजिनामा पेश गरेका हुन । यस अघि समर्थन फिर्ताको पत्र प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बझाइएको जनमत सरकारवाट बाहिर भएको जानकारी गराउन मुख्यमन्त्रीसंग समय माग गरेको थियो ।
जनमतका तर्फबाट शिक्षा तथा संस्कृतिमन्त्रीमा महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्रीमा चन्दन सिंह सरकारमा सहभागी थिए ।
योसँगै मधेश प्रदेशमा १३ सांसद रहेको जनमतले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । जनमत सरकारबाट बाहिरिए पनि सरकारलाई भने कुनै असर पर्ने देखिँदैन ।

त्यसअघि हिजो (सोमबार) सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा-जनमतबीचको टकराव झडपमै परिणत भएको थियो ।
विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेश प्रदेशका मुख्यमन्त्री यादवले जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत विरोध प्रदर्शनमा उत्रिएको थियो ।
मधेश प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद थियो ।
जसपाको नेतृत्वमा मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र लोसपा सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *