बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदै

डेस्क । बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । चितवन २ मा यसअघि लामिछाने देशभरमै सबैभन्दा धेरै मतान्तरले निर्वाचित भएको क्षेत्र हो । तर, नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । तनहुँ १ रामचन्द्र पौडेल […]
पूर्व नगर प्रमुख मेहताले मनाए ईद पर्व।

यस पर्वमा आफूभन्दा सानालाई आशिर्वाद दिने र आशिर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन रहेको छ । यसैबीच इदुउलफित्र (ईद)को अवसरमा ईशनाथ नगरपालिका का पूर्व नगर प्रमुख संतोष कुमार मेहताले नगर भरी जनता जनार्दन संग भेट घाट गरी ईद पर्व को शुभकामना आदान प्रदान गर्नु भयो।
कतार प्रहरीमा जागिरको प्रलोभन देखाएर ६३ लाख रुपैयाँ ठगी गर्ने सप्तरीका पूर्णकुमार पक्राउ

कतार प्रहरीमा जागिरको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि कतारमा पठाई कतार प्रहरीमा भर्ना गराइदिन्छु भनी १८ जना व्यक्तिहरू मार्फत् ६३ लाख रुपैयाँ ठगी गर्ने सप्तरीकाे कञ्चनपुर गा.पा. –४ घर भई हाल काठमाण्डौको टोखा बस्ने ४१ वर्षीय पूर्णकुमार दाहाल पक्राउ परेका हुन् । उनले प्रत्येक […]
तातो हावा तथा ‘लु’ बाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तराईमा गर्मी बढेसँगै ‘लु’ बाट बच्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै लु चल्ने सक्ने भएकाले बच्न सबैलाई आग्रह गरेका हुन् । मन्त्रालयले तातो हावा वा लुबाट बच्नका लागि दिउँसो घरबाट बाहिर ननिस्कन, बाहिर निस्कन परे पातलो कपडाले टाउको छोप्ने वा छाता […]
उपचुनावको मौन अवधि आज रातिदेखिसुरु हुँदै, कुनै पनि प्रचारप्रसार गर्न नपाइने

आउँदो आइतवार उपचुनाव हुने क्षेत्रमा आज रातिदेखि मौन अवधि सुरु हुँदैछ । प्रतिनिधि सभा अन्तर्गत बारा–२, चितवन–२ र तनहुँ–१ मा आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा कुनै पनि प्रचारप्रसार गर्न पाइँदैन । यस्तै, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना […]
आज सूर्य ग्रहण लाग्दै

काठमाडौं । आज सूर्य ग्रहण लाग्दै छ ।यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण नेपालमा देखिने छैन, […]
आज सूर्य ग्रहण

वैशाख ७ गते बिहीबार तदनुसार अप्रिल २० तारिखका माता तीर्थ औसीका दिन बिहान मेष राशि र अश्विनी नक्षत्रमा लाग्ने सूर्यग्रहण नेपालको कुनै पनि भूभागबाट देखिँदैन। जसकारण नेपालमा कुनै पनि प्रकारका दोष नलाग्ने र बार्नु पनि पर्दैन। ग्रहण अन्य देशमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म भनिए पनि स्थानीय समयअनुसार फरक फरक समयमा लाग्नेछ। बिहीबार बिहान […]
महोत्तरीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

महोत्तरीको गौशाला नगरपालिकास्थित गौशाला सम्सी सडक खण्डमा आज दिउँसो बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । गौशालाबाट बर्दिबासतर्फ आउँदै गरेको बा३ख २३९६ नम्बरको बस र मधेश प्रदेश ०१—००४प ६८१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृतक तीनै […]
आउँदो आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल खरिद गरिने

कृषि सामग्री कम्पनी लिमिटेडले आउँदो आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने भएको छ । लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलका अनुसार आउँदो आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि समयमा बजेट विनियोजन गर्न सम्बन्धित निकायसँगको छलफलपछि निर्णय भएको छ । बजेट समयमा विनियोजन नहुँदा हरेक वर्ष […]
नेपाल एयरलाइन्स तीन वटा जहाज किन्दै

नेपाल एयरलाइन्सले आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यसहित तीन वटा जहाज किन्ने भएको छ । सो प्रयोजनका लागि निगम सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले आफ्नो प्रतिवेदन पेश गरेको निगमका उपनिर्देशक रमेश पौडेलले जानकारी दिएका छन । दुर्गम भेगमा उडान गर्ने गरी ३ वटा नयाँ जहाज खरीद गर्ने […]
