काठमाडौं । आज सूर्य ग्रहण लाग्दै छ ।
यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ।

यो सूर्यग्रहण नेपालमा देखिने छैन, त्यसैले सुतक अवधि मान्य छैन। यसबाहेक वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अष्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ ।

समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भनेका छन्, ‘वैशाख कृष्ण औंसीका दिन (वैशाख ७ गते) लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते सूर्य ग्रहण लाग्दै छ । तर यी तीनै पटकका ग्रहण नेपालबाट नदेखिने प्राध्यापक अधिकारीले बताए । कात्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिन्छ ।

सूर्य ग्रहण र सावधानी

– सूर्यग्रहण हेर्न चाहनुहुन्छ भने नाङ्गो आँखा प्रयोग नगर्नुहोस्। टेलिस्कोप मार्फत हेर्न सकिन्छ। अथवा सनग्लासको सहायताले सूर्यग्रहण हेर्न सक्नुहुन्छ। यदि तपाईंले नाङ्गो आँखाले ग्रहण हेर्नुभयो भने सूर्यको हानिकारक किरणले आँखालाई हानि पुर्‍याउन सक्छ।

– ग्रहणको समयमा भगवानको नाम लिनु पर्छ। कीर्तन भजन गर्नुपर्छ। ग्रहणको मध्यावधिमा यज्ञ र भगवानको आराधना गर्नु उत्तम मानिन्छ।

– ग्रहण सकिएपछि स्नान गरेर दान पनि गर्नुपर्छ । यो पनि धेरै राम्रो मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *