निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको आज तीन वर्ष पुरा -घटनाअझै रहस्यकै गर्भमा

जानकी खबर ।१० साउन, जनकपुरधाम । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको आज तीन वर्ष पुराभएको छ ।।निर्मलाको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुगदा पनि सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले […]

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

जानकी खबर । ९ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको छ । बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन गर्नेलगायतका विषयमा छलफल गर्ने नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

आज शनिबार गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदैछ ।

जानकी खबर ।९ साउन,जनकपुरधाम ।आषाढ शुक्ल पूर्णिमाका दिन आज गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदैछ । आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने […]

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भैरहेको बताए

जानकी खबर ।९ साउन, काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भैरहेको बताएका छन् । संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे तर कहीँ कतैबाट टुटाउने प्रयास भैरहेको बताए । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘गठबन्धन टुटाउने […]

आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात पनि सञ्चालनमा

जानकी खबर । ९ साउन, काठमाडौं ।आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले स्वास्थ्य मापदण्ड पुर्‍याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका हुन् । विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सवारी […]

अमेरिकाको स्पेस पर्सपेक्टिभ नामक कम्पनीका कारण स्पेस वेडिंग अब यथार्थमा परिणत हुँदै

जानकी खबर । ८साउन, जनकपुरधाम ।अमेरिकाको स्पेस पर्सपेक्टिभ नामक कम्पनीका कारण अन्तरीक्षमा बिहे गर्ने अर्थात् स्पेस वेडिंग अब यथार्थमा परिणत हुँदैछ । भविष्यमा स्पेस बेलुनमा बसेर जमिनभन्दा १ लाख फिट उचाइमा अन्तरीक्ष क्षेत्रमा बसेर जोडीहरुले बिहे गर्न पाउनेछन् । अमेरिकाको फ्लोरिडामा रहेको स्पेस पर्सपेक्टिभ नामक कम्पनीले सो विशेष खालको अन्तरीक्ष बेलुन तयार गरेको हो । […]

दुबईमा कृतिम वर्षा गराइएको छ ।

जानकी खबर ।८साउन,जनकपुरधाम ।दुबईमा कृतिम वर्षा गराइएको छ । आइतबार तापक्रम ५० डिग्री पुगेर अत्यधिक गर्मीले मानिसहरु बेहाल भएपछि दुबई शहरमा कृतिम वर्षा गराइएको हो । युएईको मौसम विभागले आइतबार दुबईसहित धेरै इलाकामा वर्षा गराएको हो । युएईबाहेक अमेरिका, क्यानडा, चीन, बेलायतलगायत धेरै देशमा अहिले तापक्रम ४५ देखि ५० डिग्रीको आसपास छ । युएईमा भीषण […]

देउवा नेतृत्वको सरकार कसैले ढाल्न नसक्ने -निधी

जानकी खबर ।८ साउन,महोत्तरीनेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले शेरबहादुर देउवा नेतृत्वको सरकार कसैले ढाल्न नसक्ने बताएका छन् । महोत्तरीको जलेश्वरमा काँग्रेस जिल्ला पार्टी कार्यालयको उद्घाटन र महेश्वर प्रसाद सिंहको शालिक अनावरणगर्दै उपसभापति निधीले भने, ‘अब माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार ढल्दैन । बरु चुनाव हुन्छ ।’ उनले विश्वासको मत लिएको २ वर्षसम्म अविश्वासको […]

आज बिहान काठमाडौंमा ३.५ म्याग्नेच्यूडकोभूकम्प

जानकी खबर ।८ साउन, काठमाडौं ।काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर ३.५ म्याग्नेच्यूडको भूकम्प गएको हो । भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

आजको राशिफल 

आजको राशिफल  जानकी खबर ।८साउन ,जनकपुरधाम । २०७८ साउन ८ गते, शुक्रवार, २३ जुलाई २०२१। आषाढ शुक्लपक्ष, चतुर्दशी तिथि (९ः५४ बजेदेखि पूर्णिमा), पूर्वाषाढा नक्षत्र (१४ः३९ बजेदेखि उत्तराषाढा), चन्द्रराशि– धनु, २०ः२२ बजेदेखि मकर। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति धेरै अनुकूल नदेखिए पनि विशेष कामको […]