आज अन्तर्राष्ट्रिय बाघ दिवस

जानकी खबर ।१४साउन,जनकपुरधाम । अन्तर्राष्ट्रिय बाघ दिवस बाघ संरक्षणका प्रयास यसअघि नभएका पनि होइनन् । सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू गरिएपनि बाघको संख्या दिनानुदिन कम हुँदै गइरह्यो । त्यसपछि बाघका बासस्थान भएका मुलुकहरू एकै ठाउँमा भेला हुँदै संयुक्त प्रयास गरेको खण्डमा मात्रै संरक्षण गर्न सकिने खाँका बन्यो । सँगै बाघ संरक्षणका महत्वकांक्षी लक्ष्य र […]
महोत्तरीको जलेश्वरमा रातु खोलाको किनामा टाउको नभएको शव फेला

जानकी खबर ।१४ साउन, जलेश्वर ।महोत्तरीको रातु खोलाको किनामा टाउको नभएको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार महोत्तरीको जलेश्वरमा अवस्थित रातु खोलाको पश्चिमी किनारबाट बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नभएको शव फेला पारेको हो । जलेश्वर नगरपालिका-३ स्थित मलिवारा गाउँमा रातु नदीको किनारमा पानीमा तैरिहेको अवस्थामा […]
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

जानकी खबर ।१४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहान सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो । बुधबार बसेको सत्ता गठसत्ता गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्ने […]
कमला नदीको भत्किएको तटबन्धको निरीक्षण गर्न सरोकारवालाहरु जनकपुर आउँदै
जानकी खबर ।१४ सउन,जनकपुरधाम ।कमला नदीको भत्किएको तटबन्धको निरीक्षण गर्न सरोकारवालाहरु जनकपुर आउँदै छन् । धनुषा जिल्लाको सबैला नगरपालिका क्षेत्रमा कमला नदीले भत्काएको तटबन्धलाई निरीक्षण गर्न उर्जा, जलस्रोत ताथा सिंचाई मन्त्री पम्फा भुसाल विहिवार जनकपुर आउन लागेकी कमला नदी नियन्त्रण आयोजनाका प्रमुख एकराज भट्टराईले जनाए । मन्त्री भुसाल बिहान साढे ७ बजेको विमानबाट जनकपुरधाम आएर […]
आज बिहीवारको राशिफल

जानकी खबर ।१४ साउन, जनकपुरधाम ।२०७८ साउन १४ गते, बिहीवार, २९ जुलाई २०२१। श्रावण कृष्णपक्ष षष्ठी तिथि। उत्तरभाद्रपदा नक्षत्र, १४ः४४ बजेदेखि रेवती। चन्द्रराशि– मीन। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको […]
जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीबारे निर्णय लिन तीन नेतालाई गरे प्रस्ताव
जानकी खबर ।१३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीबारे निर्णय लिन तीन नेतालाई प्रस्ताव गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अधिकांश सदस्यले मन्त्रीको नाम टुंग्याउने जिम्मेवारी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिने प्रस्ताव गरेका हुन्। सरकारमा जानेको नाम टुंग्याउने जिम्मेवारी तीन नेतालाई […]
*भाग्यविधाता * कविता डा. राजेन्द्र विमल

जानकी खबर ।१३,साउन, जनकपुरधाम ।भाग्यविधातागुन्डाहरू सर्वशक्तिमान हुन्,भाग्यविधाता, महान् हुन्,हाम्रो ज्यानका यिनै हुन् मालिक,भनौं-‘मालिक भगवान हुन्! ‘ भेडाहरूको राजा छान्न, भेडा -गन्ती सुरु भएछ,उफ्रिरहेछन् चम्चा-भेडा, उनको चल्ती सुरू भएछ,सिंहको छाला ओडी केही, भेडा मंचमा गर्जिरहेछन्,आयो जाँड र रक्सी- मौसम,तात्न खल्ती सुरु भएछ!डा. राजेन्द्र विमल
जसपाका अध्यक्ष उपेन्द्र यादव सरकारमा नजाने
जानकी खबर । साउन १३,जनकपुरधाम । जसपाका अध्यक्ष उपेन्द्र यादव सरकारमा नजाने बताएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपा चाँडै सहभागि हुने जानकी खबरको संक्षिप्त संवादमा उनले भने, तर म सरकारमा जादिन् । ‘पार्टी सरकारमा सहभागि हुने कार्यकारिणी समितिले नै निर्णय गरिसकेको छ’ उनले भने, गठबन्धन सरकारमा पार्टीबाट अन्य साथीहरु मन्त्री हुनेछन् […]
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको आज उद्घाटन गर्दै
जानकी खबर ।१३ साउन जनकपुरधाम। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको आज (बुधबार) उद्घाटन गर्दैछिन् । सिन्धुलीगढीमा रहेको नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय एकताको भावना भन्ने मुल नाराका साथ एकीकरण मार्ग अन्तर्गतका इतिहास र एैतिहासिक धरोहरको संरक्षण र संवर्द्धन गर्दै आएकोमा युद्ध कला संग्रहालय एक रहेको छ । नेपाली सेनाले […]
महामारीमा विपन्नलाई वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि रौतहटको देवाही गोनाही नगरपालिकाको कार्यालयमा स्थानीयले गरे तोडफोड
जानकी खबर ।१२ साउन,रौतहट । महामारीमा विपन्नलाई वितरण गर्न खरीद गरेको चामल गोदाममै कुहिएपछि स्थानीयले आक्रोश व्यक्त गर्दै रौतहटको देवाही गोनाही नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । नगरपालिकाले गरिव, असहाय, दलित समुदायलाई राहत वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि सोमबार राति खाल्डो खनेर पुरेको थियो ।महामारीका बेला जनता भोकभोकै परेको तर नगरपालिकाले चामल कुहाएर […]
