
फाइल तस्वीर
जानकी खबर ।१४ सउन,जनकपुरधाम ।
कमला नदीको भत्किएको तटबन्धको निरीक्षण गर्न सरोकारवालाहरु जनकपुर आउँदै छन् ।
धनुषा जिल्लाको सबैला नगरपालिका क्षेत्रमा कमला नदीले भत्काएको तटबन्धलाई निरीक्षण गर्न उर्जा, जलस्रोत ताथा सिंचाई मन्त्री पम्फा भुसाल विहिवार जनकपुर आउन लागेकी कमला नदी नियन्त्रण आयोजनाका प्रमुख एकराज भट्टराईले जनाए ।
मन्त्री भुसाल बिहान साढे ७ बजेको विमानबाट जनकपुरधाम आएर कमला नदीको भत्एिको तटबन्धको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको भट्टराईले जनाए ।‘सबैला नगरपालिकाको किरतपुरमा करिब ११ सय मिटर र पर्टेवामा ३ सय मिटर तटबन्ध कटान गरिएको छ’ उनले भने, नदीको पानीको मुहान फर्किन नदिन तटबन्ध मर्मतको कार्य भइरहेको छ ।
मन्त्री भुसालले नदीको वहाव र तटबन्धको अवस्थालाई हेरेर आवश्यक बजेट उपलब्ध गराउने बताइएको छ ।माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री मातृका यादवको विशेष पहलमा मन्त्री भुसाल स्थलगत निरीक्षणका लागि आउन लागेकी हुन् । भारतीय सहयोगमा कमला नदीमा तटबन्ध बनाइएको थियो ।तटबन्ध निर्माणको काम पुरा भइसकेपछि भारतले सहयोग बन्द गरिसकेको छ ।












