भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लोक सभामा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । मणिपुर हिंसाको विषयलाई लिएर विपक्षी गठबन्धनले मोदीविरुद्ध अविश्वास प्रस्ताव ल्याएको थियो । त्यसको पक्ष र विपक्षमा तीन दिनसम्म बहस भएको थियो । त्यसपछि बिहीबार ध्वनी मतले विश्वास प्रस्ताव अस्वीकृत भयो । लोक सभाका सभामुख ओम बिरलाले बिहीबार बेलुका मोदीविरुद्धको […]
प्रधानमन्त्री प्रचण्ड र मोदीले उद्घाटन गरे नेपालगञ्ज सुख्खा बन्दरगाह

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालगञ्ज सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन् । बिहीबार हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीले संयुक्त रूपमा नेपालगञ्ज सुक्खा बन्दरगाहको उद्घाटन गरेका हुन् । भारत सरकारको सहयोगमा नेपालगञ्ज सुक्खा बन्दरगाहको निर्माण भएको हो । प्रधानमन्त्री प्रचण्ड र समकक्षी […]
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल आउने

२० वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल आउने भएका छन् । उनी १६ मे (२ जेठ)भन्दा अगाडि नेपाल भ्रमणमा जाने योजना सरकारले बनाइरहेको भारतीय पत्रिका द हिन्दूले उल्लेख गरेको छ । मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपाल आउने र समारोहमा नेपालको प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सह्भगि हुने छ […]
