
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालगञ्ज सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन् ।
बिहीबार हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीले संयुक्त रूपमा नेपालगञ्ज सुक्खा बन्दरगाहको उद्घाटन गरेका हुन् । भारत सरकारको सहयोगमा नेपालगञ्ज सुक्खा बन्दरगाहको निर्माण भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीले स्वीच थिचेर उद्घाटन गरेपछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुक्खा बन्दरगाहमा प्रवेश गरेका थिए ।
नेपाल भित्रिएका कन्टेनरलाई सुख्खा बन्दगाहको सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यालय नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीहरुले स्वागत गरेका थिए ।
करिब १५ वर्ष अघिदेखि भारत सरकारको सहयोगमा निर्माणाधीन सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
