नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिनेछ: प्रधानमन्त्री 

नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिनेछ: प्रधानमन्त्री   नेपाल टेलिभिजन१६ जेष्ठ, १६:४१ 15Shares सिन्धुपाल्चोक- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएसँगै आर्थिक सुधारका कार्यक्रमले गति लिने बताउनुभएको छ । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन गरेपछि प्रधानमन्त्रीले उत्पादन, उत्पादकत्व र रोजगारी प्रवद्र्धन गर्नेगरी आगामी आवको बजेट सार्वजनिक गरिएको बताउनुभयो । […]

नवप्रवर्तनका लागि एक प्रतिशत बजेट छुट्याउने तयारी छ: प्रधानमन्त्री

तस्बिर: प्रधानमन्त्रीको सचिवालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तनका लागि कोष स्थापना गर्ने बताएका छन्।राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बिहीबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उनले कोषका निम्ति आवश्यक कानून तर्जुमा गर्ने गृहकार्य अघि बढिसकेको बताए। कोषबाट हुने कामले यस क्षेत्रमा गुणात्मक फड्को मार्ने उनको भनाइ छ।नेपालको इतिहासमा […]

मन्त्रीहरुले गरेको कामको हरेक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने

काठमाडौं । मन्त्रीहरुले आफूले गरेको कामबारे हरेक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएको छ । प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले हरेक दिनको कामबारे आफूलाई ब्रिफिङ गर्नुपर्ने बताएका हुन् ।‘सबै मन्त्रीहरुले प्रत्येक दिन गरेको कामको ब्रिफिङ बेलुका प्रधानमन्त्रीलाई गर्नुपर्छ’, राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, यसले सबैलाई […]

प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापतिबीच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा कुराकानी भएको रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी गराए ।दूध बेचेको सात अर्ब रुपैयाँ नपाएको भन्दै दुग्ध किसानहरु विरोधमा […]

प्रधानमन्त्री प्रचण्ड मानसरोवर जाँदै

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर घुम्न जाँदै छन् । बुधबार तिब्बतको ल्हासा पुगेका उनी बिहीबार बिहान गङ्गा  विमानस्थल जाने र त्यहाँबाट तिब्बत एयरलाइन्सको जहाज चढेर कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि प्रस्थान गर्ने  कार्यक्रम छ । कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि उनका साथमा भ्रमण दलमा […]

स्वर्गीय छोरा सम्झिदैं प्रधानमन्त्री प्रचण्डले भने : खेलले प्रकाशको स्मरणलाई ताजै राख्छ

काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गिय छोरा प्रकाश दाहाललाई सम्झिदै बक्सिङ खेलले प्रकाश दाहालको स्मरणलाई ताजै राख्ने बताएका छन्। आइतबार प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बक्सिङ खेलले प्रकाशको स्मरणलाई ताजै राख्ने बताएका हुन्। उनले भने,‘सामाजिक एकता र सद्भावका निम्ति, अर्थतन्त्रको विकासका […]

भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री प्रचण्ड

२० जेठ, काठमाडौं । चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् । शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौं आएका हुन् । गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा ब्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग […]

प्रधानमन्त्री प्रचण्ड र मोदीले उद्घाटन गरे नेपालगञ्ज सुख्खा बन्दरगाह

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालगञ्ज सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन् ।  बिहीबार हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीले संयुक्त रूपमा नेपालगञ्ज सुक्खा बन्दरगाहको उद्घाटन गरेका हुन् । भारत सरकारको सहयोगमा नेपालगञ्ज सुक्खा बन्दरगाहको निर्माण भएको हो । प्रधानमन्त्री प्रचण्ड र समकक्षी […]

प्रधानमन्त्री प्रचण्ड आज चारदिने भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि आज भारतको नयाँदिल्ली जाँदैछन् । प्रचण्ड नेतृत्वको टोली  दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्नेछ । भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ः२५ मा पत्रकार सम्मेलन गर्ने छन् । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि […]

प्रधानमन्त्री प्रचण्डले गरे मृत्युपश्चात् शरीरका सबै अंग दान गर्ने घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंग दान गर्ने घोषणा गरेका छन् । शुक्रबार  प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित  कार्यक्रममा सम्बाेधन गर्दै प्रधानमन्त्रीले भने, ‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु ।’ अंगदानको घोषणाले सिंगो देश र जनसमुदायमा सकरात्मक […]