काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गिय छोरा प्रकाश दाहाललाई सम्झिदै बक्सिङ खेलले प्रकाश दाहालको स्मरणलाई ताजै राख्ने बताएका छन्।

आइतबार प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बक्सिङ खेलले प्रकाशको स्मरणलाई ताजै राख्ने बताएका हुन्।

उनले भने,‘सामाजिक एकता र सद्भावका निम्ति, अर्थतन्त्रको विकासका निम्ति, पर्यटन प्रबद्र्धनका निम्तिसमेत खेल क्षेत्रको महत्वपूर्ण भूमिका छ। प्रकाश दाहालको स्मरणलाई ताजै राख्ने, योगदानको स्मरण गर्ने र युवा पुस्तामा जीवन्त सम्बन्ध बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले खेल क्षेत्रको विकासमा थप मद्दत पुग्ने ठानेको छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *