डा.सोनु साहको नेतृत्वमा जनकपुरमा एन.वाई.ई.एफ को नयाँ कार्यसमिति चयन

जनकपुरधाम, जेठ २० गते ।राजेश झा राजजनकपुरधाममा नेपाली युवा उद्यमी मञ्च च्याप्टर (एन.वाई.ई.एफ)को नयाँ कार्यसमिति चयन भएको छ ।  शनिबार सम्पन्न तेश्रो साधारणसभाबाट मोनाष्टिक स्कुलका प्रबन्ध निर्देशक डा. सोनु साहको नेतृत्वमा नवकार्यसमिति चयन भएको हो ।डा. साहले देशमै युवाहरुलाई रोजगार  तथा  नयाँ कलेज पास विद्यार्थीहरकोलागी स्वरोजगारको वातावरण सृजनाका लागि कर्य  गर्न बिसेसज्ञहरु रहेको नयाँ  समितिलाई  […]

लोसपा नेपाल मधेस सरकारमा सहभागी:रमेशप्रसाद कुर्मीले लिए पद तथा गोपनियताको शपथ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस सरकारमा सहभागी भएको छ । लोसपा नेपालबाट सरकारमा सहभागी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित लोसपाका प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कुर्मीलाई बिहीबार साँझ प्रदेश प्रमुख हरिशैकर मिश्रले शपथ ग्रहण गराएका छन् ।कुर्मीलाई मुख्यमन्त्री यादवले आफैंसँग राखेको वन तथा वातावरण […]

जनकपुरको भ्रमरपुरा चौकमा हस्पिटलको अव्यवस्थित फोहर खुला रुपले सडकमा फालिनेगरिएको स्थानीयको गुनासो

जनकपुरधाम वडा ७ स्थित भ्रमरपुरा चौकमा हस्पिटलको अव्यवस्थित फोहर खुला रुपले सडकमा फालिनेगरिएको स्थानीयबासीले गुनासो गरेका छन्।। स्थानीयले गुनासो गर्दै सरोकारवालाको ध्यान आकर्षण गराउदै तत्काल फोहर सफा गराई पुनः फोहर नफाल्न हस्पिटल लाइ निर्देशन दिन हुन समेत अनुरोध गरेका हुन्।जनकपुरधा्म उपमहानगरपालिका वाट विशेष पहल गरिदिनु हुन स्थानीय बासीले सुझाव दिएका छन्।

पत्रकार यादव माथि कृषि मन्त्रीका भाई सुबन्त कुशवाहा द्वारा दुर्व्यवहार

अकलेश शरण पटेल रौतहटका कृयाशिल पत्रकार मेवालाल यादवलाई समाचार संकलन गर्न जाँदा कोपवा छठघाटमा पत्रकार मेवालाल यादवलाई कृषि मन्त्री वसन्त कुशवाहा को भाई सुबन्त कुशवाहाले दुर्व्यवहार गरेको छ। विवादित रहेको छठघाटको विषयमा रिपोर्टिङका लागि बौधिमाइ नगरपालिका -५ कोपवा छठघाट्मा पुग्नुभएका आरोही टेलिभिजनका समाचार संयोजक एवं भोजपुरी टाइम्स दैनिक पत्रीकाका पत्रकार यादवलाई कृषि मन्त्री बसन्त कुशवाहाका […]

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नै निरन्तरता दिने सहमति

५ जेठ, जनकपुरधाम । मधेश प्रदेशमा तत्काल सरकारको नेतृत्व परिर्वतन नहुने भएको छ । शुक्रबार बालुवाटारमा भएको छलफलमा जनता समाजवादी पार्टी (जसपा)का सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति जुटेको हो । सत्तारुढ गठबन्धनका दलहरुले उपचुनावअघि भएको सहमतिअनुसार मुख्यमन्त्री छाड्न दबाव दिएका थिए । नेताहरुका अनुसार १० वैशाखको उपचुनावपछि शीर्ष तहमा भएको छलफलमा जसपाले मुख्यमन्त्री छाड्ने […]

लक्ष्मी कोइरी सांसद बाट निलम्बित

काठमाडौं :  नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । हत्या आरोप लागेका सांसद कोइरीलाई मंगलबार निलम्बन गरिएको संसद सचिवालयले जनाएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम कोइरीलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । गत मंसिर ४ गते सम्पन्न […]

साढे ७ लाखभन्दा बढी नक्कली नोटसहित धनुषाबाट एक महिला पक्राउ

धनुषा प्रहरीले साढे ७ लाखभन्दा बढी नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ । ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका–६ बस्ने २५ वर्षीया अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनको साथबाट एक हजार दरको नक्कली नोट ४९२ थान र ५ सयको नक्कली नोट ५५९ […]

मधेस प्रदेशका मुख्यमन्त्री यादव २४ घण्टे स्पष्टीकरणमा

निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना […]

कतार प्रहरीमा जागिरको प्रलोभन देखाएर ६३ लाख रुपैयाँ ठगी गर्ने सप्तरीका पूर्णकुमार पक्राउ

कतार प्रहरीमा जागिरको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि कतारमा पठाई कतार प्रहरीमा भर्ना गराइदिन्छु भनी १८ जना व्यक्तिहरू मार्फत् ६३ लाख रुपैयाँ ठगी गर्ने सप्तरीकाे कञ्चनपुर गा.पा. –४ घर भई हाल काठमाण्डौको टोखा बस्ने ४१ वर्षीय पूर्णकुमार दाहाल पक्राउ परेका हुन् । उनले प्रत्येक […]