
जनकपुरधाम, जेठ २० गते ।
राजेश झा राज
जनकपुरधाममा नेपाली युवा उद्यमी मञ्च च्याप्टर (एन.वाई.ई.एफ)को नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न तेश्रो साधारणसभाबाट मोनाष्टिक स्कुलका प्रबन्ध निर्देशक डा. सोनु साहको नेतृत्वमा नवकार्यसमिति चयन भएको हो ।
डा. साहले देशमै युवाहरुलाई रोजगार तथा नयाँ कलेज पास विद्यार्थीहरकोलागी स्वरोजगारको वातावरण सृजनाका लागि कर्य गर्न बिसेसज्ञहरु रहेको नयाँ समितिलाई निर्देशन दिनुभयो ।
कार्यसमितिको उपाध्यक्षमा ईन्टरनेट मार्केट् टूडेका प्रबन्ध निर्देशक एवं समाजिक फिड अन्लाईनका सञ्चालक अमित झा र रोहन गुप्ता चयन भएका छन् । यस्तै सदस्यहरुमा राजिव कुमार रौनियार, प्रमोद कुमार साह, रविन्द्र प्रकाश साह, संजु नायक, मधुकर साह र एमडी रहमान रहेका छन् । त्यसै गरि १० जना साधारण सदस्यहरु समेत चयन भएका छन् ।


४० वर्ष मुनिका उदाहरणीय युवा उद्यमीहरुको यो संस्थाको देशै भरिमा १२ च्याप्टर रहेको छ । युवा उद्यमी तथा उद्यमशिलता विकासका लागि काम गर्दै आएको मञ्चका केन्द्रि अध्यक्ष रितेश लामिक्षाने तथा प्रथम उपाध्यक्ष साहारा जोशीले बताए ।


साधारणसभा निवर्तमान अध्यक्ष रुपा महतो तथा जनकपुर उद्योग बाणिज्यसंघका अध्यक्ष जितेन्द्र महासेठको सन्युक्त अध्यक्षतामा करिक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले युवा उद्यमीहरु कृषि र पर्यटन तर्फ ध्यान दिन आवश्यक रहेको बताए ।
करिक्रम नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष मनिका झाको विशेष आतिथ्यमा सम्पन्न भएको थियो।


