हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउत हत्याको आरोपमा पक्राउ

जानकी खबर ।२८ साउन, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउत हत्याको आरोपमा पक्राउ परेका छन् । उनीविरूद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई प्रहरीले केही दिन अगाडि नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार राउतलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । घटनाका […]
जनकपुरधाममा आधुनिक क्लोथसहरुको भणडार लियेर नूतन क्लोथ सेन्टर आज देखि संचालनमा- उदघाटन हुँदै
जानकी खबर ।२६ साउन , जनकपुरधाम ।जनकपुरधाम उप – महानगरपालिकको छेउमा तथा एन एम बी बैंकको सामने आधुनिक क्लोथसहरुको भणडार लिएर नूतन क्लोथ सेन्टर आज मंगलवार देखि संचालनमा आएको छ ।दृश्य
महन्थ ठाकुर समूहका नेताहरुले गरे जनकपुरधाममा कार्यकर्ता भेला
जानकी खबर ।२३ साउन, जनकपुरधाम ।जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहका नेताहरुले जनकपुरधाममा कार्यकर्ता भेला गरेका छन् । पार्टी (जसपा) को आधिकारिकता नपाएपछि महन्थ ठाकुर समूहका नेताहरू मधेश झरेका छन् । ठाकुरसहित नेताहरू राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरुले शनिबार जनकपुरधाममा धनुषा जिल्ला स्तरीय कार्यकर्ता भेला गरेका हुन् । कार्यकर्ता भेलामा नेताहरुले उपेन्द्र यादवले […]
सभापतिमा उम्मेदवारी दिन्छु – निधि

जानकी खबर ।२३साउन,जनकपुरधाम ।नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ ।” उहाँले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी शुरू गरिसकेको बताउनुभयो । उहाँले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुङ्गिने […]
एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट
जानकी खबर ।२२ साउन, जनकपुरधाम। चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट भएका छन् । आयोगले शुक्रबार सार्वजनिक गरेको नतिजामा आशिकले २ सय पूर्णांकमा १ सय ८६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएका हुन् । उत्कृष्ट भएपछि चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् ।एमबीबीएस प्रवेश […]
जनकपुरधाम विमानस्थलको छाना खस्दा धनौजी गाउँपालिका एक युवक गम्भीर घाइते
जानकी खबर ।२२ साउन,जनकपुरधाम ।जनकपुरधाम विमानस्थलको छाना खस्दा एक युवक गम्भीर घाइते भएका छन् । विमानस्थलमा फल सिलिङको लागि प्रयोग हुने सिमेन्ट बोर्ड खस्दा धनुषाको धनौजी गाउँपालिका ५ का ३९ वर्षीय उसलेन खान गम्भीर घाइते भएका हुन् । शुक्रबार जनकपुरधाम विमानस्थलको छानामुनी बसिरहेका उसलेनको शरीरमाथि अचानक सिमेन्ट बोर्ड खस्दा उनी गम्भीर घाइते भएका छन् । उनी […]
प्रदेश २ का मन्त्रालय बीच समन्वय नहुदा जनताले अझै विकासको अनुभुति गर्न नसकेको -भौतिक पुर्वाधार विकास मन्त्री यादव
जानकी खबर । २१ साउन ,जनकपुरधाम ।प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले मन्त्रालयबीच समन्वय नहुदा जनताले अझै विकासको अनुभुति गर्न नसकेको बताएका छन् । भौतिक पुर्वाधार विकास मन्त्रालयले बुधवार विहान जनकपुरमा आयोजना गरेको वार्षिक समिक्षा तथा प्रदेश मन्त्रालय विकास समस्या समाधान समितिको वैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो धारणा व्यक्त गरेका हुन् […]
धनुषाको लक्ष्मीनियाँमा वर्षा हुदै दृश्य

जानकी खबर ।२०साउन,लक्ष्मीनियाँधनुषाको लक्ष्मीनियाँमा वर्षा हुदै केही दृश्यहरु
गृहमन्त्री खाँण र प्रदेश २ का मुख्यमन्त्री राउत बीच भेटवार्ता

जानकी खबर ।२०साउन ।काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच मंगलबार गृह मन्त्रालयमा भेटवार्ता भएको छ। भेटका क्रममा प्रदेश २ को समग्र विकास र जनताको पक्षमा आफू रहेको मन्त्री खाँणले बताए। हाल कोभिड नियन्त्रण गर्न प्रदेश २ मा पर्याप्त मात्रामा खोपहरु उपलब्ध भए पनि प्रयोग नभएको र प्रदेश २ को […]
जानकी मेडिकल कलेजको एमबीबीएसको परीक्षामा परीक्षार्थीले वाकीटकी डीभाइस प्रयोग गरी गरे चोरी

जानकी खबर । २०साउन ,रमदैया ।धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेजमा एमबीबीएसको परीक्षामा परीक्षार्थी वाकीटकी डीभाइस प्रयोग गरी चोरी गरेको पाइएको छ । मेडिकल कलेजमा पढाइ नभएपछि परीक्षामा परीक्षार्थी चोरीकै भर परेको छ । वर्षभरी कलेजमा पढाइ नभएपछि एमबीबीएस चोथौ वर्षको परीक्षामा सामेल विद्यार्थीहरु वाकीटकीको डीभाइस प्रयोग गरी परीक्षामा चीट चोरी गरेको पाइएको हो । […]
