बंगलादेशमा मतदान जारी

काठमाडौं । बंगलादेशमा आम निर्वाचनको मतदान जारी छ । बिहान आठ बजेदेखि जारी मतदान साँझ ५ बजे समाप्त हुने छ ।चुनावको नतिजा ८ जनवरी (मंगलबार) बिहानै घोषणा हुने सम्भावना छ ।यो निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिनाको चौथो जित सुनिश्चित देखिएको छ । पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको मुख्य विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी -बीएनपी)ले चुनाव बहिस्कार […]

इजरायलमा दश नेपालीको निधन : मंगलबार राष्ट्रिय शोक

काठमाडौं– इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दश जना नागरिकप्रति सरकारले श्रद्धाञ्जली व्यक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ। त्यस्तै, दिवंगतप्रति सम्मान व्यक्त गर्न मंगलबार राष्ट्रिय शोक घोषणा गरिएको छ।त्यसक्रममा देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको […]

चन्द्रयान-३ को सफल अवतरणका लागि प्रधानमन्त्री प्रचण्डले भारतलाई दिए बधाई

६ भदौ, काठमाडौं । भारतको चन्द्रयान ३ चन्द्रमामा सफल अवतरण गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । ‘चन्द्रमाको सतहमा चन्द्रयान ३ को सफल अवतरण गरेर विज्ञान तथा अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि हासिल गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको इसरो […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लोक सभामा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । मणिपुर हिंसाको विषयलाई लिएर विपक्षी गठबन्धनले मोदीविरुद्ध अविश्वास प्रस्ताव ल्याएको थियो । त्यसको पक्ष र विपक्षमा तीन दिनसम्म बहस भएको थियो । त्यसपछि बिहीबार ध्वनी मतले विश्वास प्रस्ताव अस्वीकृत भयो । लोक सभाका सभामुख ओम बिरलाले बिहीबार बेलुका मोदीविरुद्धको […]

भारतमा चलिरहेको रेलमा गोली प्रहार, ४ जनाको मृत्यु

१५ साउन, काठमाडौं । भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ)का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा आज बिहान गोली प्रहार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।भारतीय सञ्चारमाध्यमहरुले लेखेअनुसार मारिनेमा रेलवे सुरक्षा बलका सहायक निरीक्षक (असई) पनि छन्। सोमबार बिहान […]