
६ भदौ, काठमाडौं । भारतको चन्द्रयान ३ चन्द्रमामा सफल अवतरण गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ ।
‘चन्द्रमाको सतहमा चन्द्रयान ३ को सफल अवतरण गरेर विज्ञान तथा अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि हासिल गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको इसरो टोलीलाई हार्दिक बधाई दिन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसै बिच,पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले
पनि
भारतको चन्द्रयान ३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएकी छन् ।
यस्तै परराष्ट्रमन्त्री एनपी साउदले पनि चन्द्रयान अवतरण गरेको बधाई दिएका छन् ।
‘चन्द्रमामा चन्द्रयान ३ को सफल अवतरणका लागि हार्दिक बधाई ! यो हाम्रो मित्रराष्ट्र भारतका लागि राष्ट्रिय गौरवको क्षण मात्र होइन, अन्तरिक्ष विज्ञान र प्रविधिको विकासमा एउटा महत्वपूर्ण कोसेढुंगा पनि हो । जसले अन्ततः हाम्रो जीवनलाई अझ राम्रो बनाउन योगदान पुर्याउँछ,’ परराष्ट्रमन्त्री साउदले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
यसैबीच ,भारतको चन्द्रयान ३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि नेकपा एमालेका अध्यक्ष र पुर्वी प्रधानमन्त्री केपी ओलीले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् ।
त्यसलगत्तै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतबासी सबैलाई बधाई ! पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौं,’ उनले उल्लेख गरेका छन् ।
यसैबीच ,पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि बधाई दिएका छन् ।
त्यस्तै ,जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले पनि
सामाजिक संजालमा “मित्र राष्ट्र भारतलाई यस ऐतिहासिक सफलताको लागि हार्दिक बधाई – यो सम्पूर्ण दक्षिण एशियाली मुलुकहरूको लागि साझा गौरवको विषय हो। यसमा संलग्न सम्पूर्ण द्रष्टा, वैज्ञानिक तथा जनशक्तिलाई पनि धेरै धेरै बधाई” दिनुभएको छ।
भारतको चन्द्र यान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ ।