प्रधानमन्त्रीले दोस्रोपटक आज संसदबाट विश्वासको मत लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुस २६ गते विश्वासको मत लिनुभएको थियो । त्यतिबेला सरकारमा सहभागी भएका र समर्थन गरेका नेकपा […]
नेपाल संस्कृत विश्वविद्यालय मटिहानीमा भएको चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका भातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघको सम्पुर्ण पैनल विजयी

नेपाल संस्कृत विश्वविद्यालय या.ल.ना. विद्यापीठ मटिहानीमा आज भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका भातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघको सम्पुर्ण पैनल विजयी
प्रधानमन्त्री प्रचण्ड: भोलि शतप्रतिशत विश्वासको मत पाउँछु

काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले भोलि संसद्मा शतप्रतिशत विश्वासको मत पाउने दाबी गरेका छन् । संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘पुष २६ गते ९९ भन्दा बढि मत पाएको थिएँ । भोलि एक सय प्रतिशत पाउँछु ।’ प्रधानमन्त्री दाहालले भोलि (सोमबार) दिउँसो १ बजे संसद्मा […]
त्रिभिवन विश्वविद्यालयका क्याम्पसमा आज स्ववियु निर्वाचन

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न क्याम्पसहरु जस्तै जनकपुरधाम स्थित रा.रा.ब. क्याम्पसमा पनि निर्वाचन हुदै छ। निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष […]
जीवित देवी कुमारीको दर्शन गर्दै राष्ट्रपति पौडेल

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । आज अपराह्न वसन्तपुरस्थित कुमारी घर पुगेर राष्ट्रपति पौडेलले कुमारीको दर्शन गर्दै प्रसाद ग्रहण गरेका हुन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीका अनुसार राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका […]
राष्ट्रिय एकता प्रवर्द्धन गर्न लाग्नेछु :उपराष्ट्रपति यादव

काठमाडौँ — नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् । साथै शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्याउन आफ्नो भूमिका रहने बताए । नवनिर्वाचित उपराष्ट्रपतिले आफूलाई उपराष्ट्रपतिमा जिताउन भूमिका खेल्ने जनता र सांसदहरुप्रति धन्यवाद प्रकट गरेका थिए ।
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । आज शुक्रवार भएको उपराष्ट्रपतिको चुनावमा यादव बहुमत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । यादवले ३० हजार तीन सय २८ मतभार प्राप्त गर्नुभयो । उहाँले सङ्घीय संसद्तर्फ १४ हजार पाँच सय ३६ र प्रदेश सभातर्फ १५ हजार सात सय ९२ मतभार पाउनुभएको छ […]
आज उपराष्ट्रपति निर्वाचन, आजै परिणाम

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक […]
स्ववियु चुनावका लागि आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइने

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । स्ववियु निर्वाचन आचारसंहिताअनुसार आज बिहीवार प्रचारप्रसारको अन्तिम दिन हो । उम्मेदवारले आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ । प्रचारप्रसार गर्न रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न […]
शिक्षा मन्त्रालयद्वारा १६ बुँदे कार्ययोजना सार्वजनिक

मधेस प्रदेशको शिक्षा विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश यादवले मधेस प्रदेशमा शिक्षा तथा वाणिज्य क्षेत्रको विकासलागि १६ बुँदे कार्य योजना सार्वजनिक गरेका छन । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत उनले शिक्षा तथा वाणिज्य क्षेत्रको विकासका लागि १६ बुँदे योजना सार्वजनिक गर्दै आगामी दिनहरुमा प्रदेशको शिक्षा सुधारलाई प्राथमिकतामा राखेर काम अगाडी बढाउने बताए । मन्त्री यादवले […]
