मधेस प्रदेशको शिक्षा विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश यादवले मधेस प्रदेशमा शिक्षा तथा वाणिज्य क्षेत्रको विकासलागि १६ बुँदे कार्य योजना सार्वजनिक गरेका छन । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत उनले शिक्षा तथा वाणिज्य क्षेत्रको विकासका लागि १६ बुँदे योजना सार्वजनिक गर्दै आगामी दिनहरुमा प्रदेशको शिक्षा सुधारलाई प्राथमिकतामा राखेर काम अगाडी बढाउने बताए ।

मन्त्री यादवले शिक्षा तथा वाणिज्य क्षेत्रको विकासका लागि लचकदार व्यवहार अवलम्वन, नतिजा मुखी नीति निर्माणमा जोड, त्रिपक्षीय समन्व्य, साक्षर मधेश प्रदेश घोषणा, सिमान्तकृत समुदायको लागि विशेष नीति, गुणस्तरिय शिक्षा मापण नीति ल्याउने, प्रादेशिक शिक्षा ऐन, दण्ड पुरस्कारको नीति, शिक्षा विज्ञहरु संग त्रैमासिक स्कुलिङ्ग, टेक्नोलोजी फर गार्जियन, मधेश कृषि विश्वविद्यालयमा नयाँ बर्ष देखी पठनपाठन, व्यवहारिक, संस्कारी र मातृभाषा शिक्षामा जोड , विज्ञान, प्रविधि संग सम्बन्धीत प्रदेश स्तरीय बीग प्लान्ट जडानमा जोड, व्यापार तथा वाणिज्य सम्बन्धि विशेष नीति, प्रदेश स्तरमा हानिकारक पदार्थको नियमन र व्यवस्थापन, र आर्थिक मितव्ययतता लगायतको निति अवलम्बन गरिने बताए ।

मन्त्री यादवले मधेस प्रदेशको साक्षर दर दिनप्रतिदिन खस्किरहेकोमा चिन्ता व्यक्त गर्दै प्रदेशमा वाणिज्य क्षेत्रको विकासका लागि हालसम्म कुनै ठोस काम नभएको बताए । उनले आफूले पदभार ग्रहण गरेको दिनदेखिनै प्रदेशलाई साक्षर प्रदेश बनाउने संकल्प गरेकोले अबका दिनमा पूर्ण समर्पित भएर उक्त काममा लाग्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *