सांसद श्रेष्ठलाई निष्कासन गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको हो । यससँगै रास्वपाले उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ । श्रेष्ठले बी एण्ड सी मेडिकल […]
सामाजिक सुरक्षामा सहभागी हुन साउदीमा कार्यरत नेपालीलाई आग्रह

सामाजिक सुरक्षा योजनामा सहभागी हुन साउदीमा कार्यरत नेपालीलाई रियादस्थित नेपाली दूतावासले आग्रह गरेको छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई समेत सामाजिक सुरक्षा योजनामा अनिवार्य सहभागिता गराउने निर्णय भए बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्धता गराउने कार्य सुरु भइसकेको दूतावासले जनाएको छ । दूतावासले साउदीमा रहेका नेपाली नागरिकहरूलाई पनि यस योजनामा सहभागिता जनाउन अनुरोध […]
सङ्क्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ। मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन्। शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ। हिजो मात्र […]
रास्वपाको चुनावी यात्रा जारी केहि दृश्य
उपचुनाव हुने तीन जिल्लामा आजदेखि आचारसंहिता लागू

आउँदो वैशाख १० गते उपचुनावका लागि चितवन, बारा र तनहुँमा आजदेखि आचारसंहिता लागू भएको छ । सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उनीहरुका भ्रातृ सङ्गठन, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मी, शिक्षक लगायतलाई आचारसंहिता लाग्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्न/गराउन […]
उपचुनाव : उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, चुनाव चिह्न पनि आजै दिइने

आगामी वैशाख १० गते हुने उपचुनावका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ । निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले चुनाव चिह्न पाउनेछन् । त्यस अघि उम्मेदवारी फिर्ता लिन इच्छुकलाई बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । यो समयमा उम्मेदवारी […]
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो

मधेश प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । मधेश सरकारमा रहेका ४ मन्त्री र एक राज्यमन्त्रीले मंगलबार राजीनामा दिएका छन । एमालेका भोतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी, गृह तथा सञ्चार मन्त्री शत्रुभन प्रसाद सिंह, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री मोहम्मद जैद आलम र राज्यमन्त्री […]
मिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ

मिटरब्याज लिएको आरोपमा प्रहरीले जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशीलाई पक्राउ गरेको छ। सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ। यसरी पक्राउ पर्ने उनी राजनीतिक तहका उच्च नेता हुन्। उनीविरुद्ध आपराधिक विश्वासघात तथा ठगी मुद्दा चलाउने प्रहरीको तयारी छ। हालसम्म मिटरब्याज लिएको आरोपमा अलग्गै मुद्दा चलाउने कानुन नभएकाले उनलाई सोही अभियोगमा […]
उपनिर्वाचन : उम्मेदवारी दर्ता आज

निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार (आज) उम्मेदवारको मनोनयनपत्र दर्ता २५ जनाभन्दा बढी सहभागी नहुने लगायत १० बुँदे निर्दैेशन जारी गरेको छ । आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं १ र बारा जिल्ला निर्वाचन क्षेत्र […]
सरकारसँग पाँच बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता

मिटरब्याज पीडितहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तापछि पीडितहरुले आन्दोलन रोक्न सहमति जनाएका हुन् । सरकारले मिटरब्याज पीडितहरूका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो । सरकार र पीडितबीच पाँचबुँदे सहमति भएको छ । […]
