मधेश प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । मधेश सरकारमा रहेका ४ मन्त्री र एक राज्यमन्त्रीले मंगलबार राजीनामा दिएका छन ।

एमालेका भोतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी, गृह तथा सञ्चार मन्त्री शत्रुभन प्रसाद सिंह, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री मोहम्मद जैद आलम र राज्यमन्त्री केशव राजले राजीनामा दिएको मुख्यमन्त्री सरोज कुमार यादवले जानकारी दिएका छन । मुख्यमन्त्री यादवले सम्भवतः उपनिर्वाचन पछि पुनः मन्त्रीमण्डल गठन गर्ने जानकारी दिए । आज पश्चात रिक्त रहेका मन्त्रालयहरुको कार्यभार मुख्यमन्त्री यादवले मन्त्रीमण्डल गठन नहुनजेल आफै सम्हाल्ने बताउनुभयो ।

एमालेसँगको गठबन्धन भत्किएपछि संघबाट एमाले बाहिरिएपनि प्रदेश सरकारबाट बाहिरिएको थिएन्न । राष्ट्रपतिको चुनावताका एमालेसँग गठबन्धन भत्किएपछि उपराष्ट्रपतिको चुनावपछि नै उनीहरू सरकारबाट बाहिरिने तयारीमा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *