मिटरब्याज लिएको आरोपमा प्रहरीले जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशीलाई पक्राउ गरेको छ।

सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।

यसरी पक्राउ पर्ने उनी राजनीतिक तहका उच्च नेता हुन्। उनीविरुद्ध आपराधिक विश्वासघात तथा ठगी मुद्दा चलाउने प्रहरीको तयारी छ। हालसम्म मिटरब्याज लिएको आरोपमा अलग्गै मुद्दा चलाउने कानुन नभएकाले उनलाई सोही अभियोगमा म्याद थप हुने र कानुन निर्माण भएमा त्यही अनुरार अभियोगपत्र लैजाने प्रहरीको तयारी छ।

उनी जनमतका संस्थापक सदस्य समेत हुन् भने स्थानीय डेरी व्यवसायी पनि हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *