बुधबार नेपालगन्जको रामलीला मैदानमा आयोजित राज अभिनन्दन कार्यक्रममा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देवबाट निकै मर्मस्पर्शी संबोधन बक्सियो। नागरिक अभिनन्दन समारोह ।
लक्ष्मी कोइरी सांसद बाट निलम्बित

काठमाडौं : नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । हत्या आरोप लागेका सांसद कोइरीलाई मंगलबार निलम्बन गरिएको संसद सचिवालयले जनाएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम कोइरीलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । गत मंसिर ४ गते सम्पन्न […]
रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
सीके राउतले दिए उपेन्द्र यादवलाई बधाई

जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा–२ बाट विजयी उपेन्द्र यादवलाई बधाई दिएका छन् । भर्खरै सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा बारा–२ वाट विजयी जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई राउतले बधाई दिएका हुन् । ‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.- २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र […]
चितवनमा रास्वपाको ऐतिहासिक जित
बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

बारा — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादव विजयी भएका छन् । यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन् । जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ […]
आज १७औँ लोकतन्त्र दिवस

आज १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेकाले नागरिकको जित भएको खुसियालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि […]
अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी छु : रवि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेले अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् । उपचुनावको दिन आज आइतबार चितवनका पत्रकारहरुसँग कुरा गर्दै उनले सकारात्मक प्रतिक्रिया पाइरहेकाले आफू आशावादी रहेको बताए । उनले भने, जुन प्रतिक्रिया प्राप्त गरेको छु, एकदम सकारात्मक रुपले लिएको […]
मधेस प्रदेशका मुख्यमन्त्री यादव २४ घण्टे स्पष्टीकरणमा

निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना […]
बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदै

डेस्क । बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । चितवन २ मा यसअघि लामिछाने देशभरमै सबैभन्दा धेरै मतान्तरले निर्वाचित भएको क्षेत्र हो । तर, नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । तनहुँ १ रामचन्द्र पौडेल […]
