
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेले अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् ।
उपचुनावको दिन आज आइतबार चितवनका पत्रकारहरुसँग कुरा गर्दै उनले सकारात्मक प्रतिक्रिया पाइरहेकाले आफू आशावादी रहेको बताए । उनले भने, जुन प्रतिक्रिया प्राप्त गरेको छु, एकदम सकारात्मक रुपले लिएको छु । त्यसैले नतिजा असाध्यै उत्साजनक हुने र अघिल्लोपटकको भन्दा पनि राम्रो हुन्छ भन्ने मैले अनुमान गरेको छु ।’
उहाँले चितवनका मतदाताले विवेकपूर्ण ढंगले मतदान गर्ने विश्वास व्यक्त गरे ।
