दिलिप महतोलाई पर्यावरण शहीद घोषणाको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

चुरे संरक्षणका निम्ति ज्यान गुमाएका ओमप्रकाश महतो दिलिपलाई नेपालको पहिलो पर्यावरणीय शहीद घोषणासहित विभन्न माग राख्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएको छ ।मृतक दिलिप महतोको परिवारजनले गृहमन्त्री लामिछानेलाई रोजगारीको व्यवस्थासहित छ सुत्रीय माग गर्दै ज्ञापनपत्र बुझाएको हो । उनीहरुले दिलिप महतोको घटनामा भएको अनुसन्धान त्रुटीपूर्ण रहेको र सो घटनामा मुख्य योजनाकारहरु अझै कारबाहीको […]

मधेस प्रदेशको नवनियुक्त प्रदेश प्रमुख भण्डारीद्वारा पदभार ग्रहण

मधेस प्रदेशको नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण गरेकी छिन् । मधेस प्रदेशको प्रदेश प्रमुखको रुपमा गत बुधबार शपथ ग्रहण गरेकी नवनियुक्त प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गरेकी हुन् । सोमबार मात्रै जनकपुर धाम आई पुगेकी प्रदेश प्रमुख भण्डारी पदभार ग्रहण गरेपछि प्रदेश प्रमुखको कार्यभार वहन गर्न सबैको साथ र समन्वय रह्ने विश्वास व्यक्त […]

१५ दिने मिथिला माध्यमा परिक्रमा शुरु

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि शुरु भएको छ । फागुने औशीदेखि पुर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको यात्रा गरिन्छ ।आजको दिन धनुषाको मिथिला विहारी नगरपालिका ८ कचुरी स्थित मिथिला विहारी […]

उपेन्द्र यादवले लिए शपथ , उपप्रधानमन्त्रीको संख्या ४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । यससँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा चार उपप्रधानमन्त्री बनेका छन् ।यसअघि नै मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छन् । आइतबार जसपा अध्यक्ष यादव पनि […]

आज महाशिवरात्री पर्व

शुक्रबार महाशिवरात्रि पर्व मनाइँदै छ।महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालयहरूमा भगवान् शिवको विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।आज पाशुपत क्षेत्र लगायत जनकपुरधामम स्थित शिव मन्दिर         कपिलेश्वरनाथ महादेव मन्दिर र जलेश्वरमा रहेको  शिव मन्दिर लगायत विभिन्न मन्दिरमा भगवान् शिवको विशेष अनुष्ठान र पूजा अर्चना हुँदै छ। महाशिवरात्री भगवान शिव उत्पत्ति हुनु भएको दिन र […]

जसपाबाट उपेन्द्र यादव र नवलकिशोर साह सरकारमा जाने

काठमाडौं । जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।बिहीबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् । जसपाबाट दीपक कार्की राज्यमन्त्री बन्ने […]

नवनियुक्त १६ मन्त्रीले लिए शपथ

नवनियुक्त १६ जना मन्त्रीहरुको बुधबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसअघि सोमबार ३ जनाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका […]

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।यसअघि गत पुस […]

कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए ।बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले भने, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित […]