चुरे संरक्षणका निम्ति ज्यान गुमाएका ओमप्रकाश महतो दिलिपलाई नेपालको पहिलो पर्यावरणीय शहीद घोषणासहित विभन्न माग राख्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएको छ ।
मृतक दिलिप महतोको परिवारजनले गृहमन्त्री लामिछानेलाई रोजगारीको व्यवस्थासहित छ सुत्रीय माग गर्दै ज्ञापनपत्र बुझाएको हो । उनीहरुले दिलिप महतोको घटनामा भएको अनुसन्धान त्रुटीपूर्ण रहेको र सो घटनामा मुख्य योजनाकारहरु अझै कारबाहीको दायरामा नपरेकोले उच्चस्तरीय छानविन समिति गठन गरि दोषीहरुलाई कानुनी कारबाही हुनुपर्ने, घटनाको मुख्यस्थल तथा देशभर रहेका सम्पूर्ण अवैधानिक क्रसर उद्योगहरुका कारण वातावरण र सामाजिक तथा स्वास्थ्यमा समेत हानिकारक पुर्याएको भन्दै क्रसरहरुलाई तत्काल रोक लगाउनुपर्ने, देशको प्रमुख भू–भाग तथा लाखौँ जिवनको आधार चुरे क्षेत्र संरक्षणका लागि तत्काल चुरे संरक्षण ऐनका लागि कार्य अघि बढाउनु पर्ने, दिलिपको परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने र उनको परिवारमा कम्तिमा एकजनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

उनीहरुलाई गृहमन्त्री लामिछानेले पीडित परिवारलाई आश्वासन दिँदै कारबाही प्रक्रिया अघि बढाइने दिलीपको बहिनी लक्ष्मी महतोले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *