जनकपुरधामसहित मिथिलामा आज चैती छठ पर्व मनाइँदै

चैत शुक्ल चतुर्दशीका दिनदेखि सुरु भई सप्तमीसम्म हुने चैती छठी पर्व अन्र्तगत सोमबार अस्ताउदो सूर्यलाई अर्घ दिइने भएको छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रतालुहरु ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइने गरिन्छ । चैत महिनामा मनाइने हुनाले यसलाई चैती छठ भनिन्छ । तराई र छिमेकी देश […]
राष्ट्रपति पौडेल गोरखामा केहि तस्बिर

गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा दरवारमा रहेको कालिका र गोरखनाथको दर्शन गरेका छन् । आइतबार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टर मार्फत उनी गोरखा दरबार पुगेका थिए । करिव आधा घण्टा पुजापाठ गरेर हेलिकप्टरमार्फत उनी गोरखा संग्रहालय परिसरमा झरेका थिए । संग्रहालय मूल गेट अगाडि ठूलोआँगनका रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरे ।
मिथिलामा ‘चैती छठ’ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजदेखि सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज ब्रतालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दै छन्। पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनीतो खाने चलन […]
बसन्त कुँवरलाई आइजिपी बनाउने मन्त्रिपरिषदको निर्णय

नेपाल प्रहरीको ३० औं महानिरीक्षकमा बसन्तबहादुर कुँवर नियुक्त भएका छन्। केही दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक बनेका कुँवरलाई वरीयता र कार्यक्षमताका आधारमा महानिरीक्षक बनाउने निर्णय भएको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले एआइजी कुँवरलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो। पाँच जना एआइजीमध्येबाट सरकारले पहिलो वरीयतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो। आइजिपी धिरजप्रताप सिंह उमेर हदका कारण आजदेखि नियमित […]
जनकपुरधाममा आइशर ट्र्याक्टरको निःशुल्क सेवा शिविर हुदै , स्थलगत रिपोर्ट।
पंकज चौधरीलाई छाड्न उच्च अदालत जनकपुरको आदेश

उच्च अदालत जनकपुरले दाइजोसम्बन्धी कसूरमा महोत्तरीको रामगोपालपुर नगरपालिका– ५ का डा. पंकज चौधरीलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ । अदालतले उनलाई तीनलाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले बिहीबार धरौटी लिएर रिहा गर्न आदेश दिएको राजिष्टार खड्गराज अधिकारीले जानकारी दिए । पुस २२ […]
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित पक्राउ

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष र सचिव घुसको रकम सहित पक्राउ परेका छन । जनकपुरधामको विवाह मण्डप पछाडि रहेको एक होटलबाट वडा नं ११ का वडा अध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस सहित पक्राउ परेका हुन । अख्तियार सहित प्रहरीको टोली दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाईएको छ । […]
जनकपुरधाममा चैती दशैको केही दृश्य
श्री सीताराम महा यज्ञ जनकपरधामको स्थलगत रिपोर्ट।९ दिने यज्ञ सम्पन्न
उपचुनावका लागि दल दर्ताको आह्वान : भोलिदेखि आइतवारसम्म दल दर्ता गर्न सकिने

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपचुनावका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगले संविधानको धारा २७१ बमोजिम वैशाख १० गते हुने उपचुनावका लागि आज दल दर्ताको सूचना निकालेको हो । उपचुनावमा भाग लिन चाहने दलले भोलिदेखि यही १२ गते आइतरवारसम्म आयोगमा दल दर्ता गर्न सक्नेछन् । चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले उपचुनावमा […]
