डा.सीके राउत र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता

१३ जेठ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान नयाँदिल्ली गएका राउतले चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । जनमत पार्टीका प्रवक्ता बीपी साहका अनुसार राउतले अरु भारतीय नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

श्रीच्छा प्रधान मिस नेपाल-२०२३ बनेकी छन्। शनिबार भएको एक कार्यक्रमबीच श्रीच्छा प्रधान मिस नेपाल बनेकी हुन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । उनलाई मिस नेपाल प्रियंका रानी जोशीले क्राउन लगाइदिएकी थिइन्। मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । उनी […]
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको आगामी १७ देखि २० जेठसम्म हुने भ्रमणको औपचारिक मिति घोषणा गरेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा हुन लागेको प्रधानमन्त्री प्रचण्डको चार दिने भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु […]
काठमाडौंबाट बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको भन्दै फर्कियो

१३ जेठ, काठमाडौं । काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको छ । शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार अहिले प्राविधिकहरुले उक्त जहाजको परीक्षण गरिरहेका […]
लोसपा नेपाल मधेस सरकारमा सहभागी:रमेशप्रसाद कुर्मीले लिए पद तथा गोपनियताको शपथ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस सरकारमा सहभागी भएको छ । लोसपा नेपालबाट सरकारमा सहभागी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित लोसपाका प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कुर्मीलाई बिहीबार साँझ प्रदेश प्रमुख हरिशैकर मिश्रले शपथ ग्रहण गराएका छन् ।कुर्मीलाई मुख्यमन्त्री यादवले आफैंसँग राखेको वन तथा वातावरण […]
जनकपुरको भ्रमरपुरा चौकमा हस्पिटलको अव्यवस्थित फोहर खुला रुपले सडकमा फालिनेगरिएको स्थानीयको गुनासो

जनकपुरधाम वडा ७ स्थित भ्रमरपुरा चौकमा हस्पिटलको अव्यवस्थित फोहर खुला रुपले सडकमा फालिनेगरिएको स्थानीयबासीले गुनासो गरेका छन्।। स्थानीयले गुनासो गर्दै सरोकारवालाको ध्यान आकर्षण गराउदै तत्काल फोहर सफा गराई पुनः फोहर नफाल्न हस्पिटल लाइ निर्देशन दिन हुन समेत अनुरोध गरेका हुन्।जनकपुरधा्म उपमहानगरपालिका वाट विशेष पहल गरिदिनु हुन स्थानीय बासीले सुझाव दिएका छन्।
काठमाडौं लगायत बागमती प्रदेशमा गाडी भाडा घट्यो

११ जेठ, काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शंकरराज पाठकले जानकारी दिए । […]
ज्ञानेन्द्र शाही: नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निलम्बन गरेर छानबिनको गरे माग

१० जेठ, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा महानिरीक्षक कुँवरको भूमिका शंकास्पद रहेको सामाचारहरु आएको भन्दै छानबिन गर्ने कि नगर्ने भनी प्रश्न गरेका हुन्। ‘नेपाल प्रहरीका आइजिपीको विरुरुद्धमा […]
पासाङ दावा शेर्पाले गरे सफलतापुर्वक २७ औं पटक सगरमाथा आरोहण

८ जेठ, काठमाडौं । विख्यात आरोही पासाङ दावा शेर्पा २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका छन् । पर्यटन विभागका अनुसार उनले सोमबार गरेको सफल आरोहणसँगै अर्का विख्यात आरोही कामिरिता शेर्पासँगको कीर्तिमान बराबरी भएको छ । कामिरिताले समेत यसै सिजनमा २७ औं पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान राखेका थिए । पासाङ खुम्बु पासाङ ल्हामु गाउँपालिका […]
पत्रकार यादव माथि कृषि मन्त्रीका भाई सुबन्त कुशवाहा द्वारा दुर्व्यवहार

अकलेश शरण पटेल रौतहटका कृयाशिल पत्रकार मेवालाल यादवलाई समाचार संकलन गर्न जाँदा कोपवा छठघाटमा पत्रकार मेवालाल यादवलाई कृषि मन्त्री वसन्त कुशवाहा को भाई सुबन्त कुशवाहाले दुर्व्यवहार गरेको छ। विवादित रहेको छठघाटको विषयमा रिपोर्टिङका लागि बौधिमाइ नगरपालिका -५ कोपवा छठघाट्मा पुग्नुभएका आरोही टेलिभिजनका समाचार संयोजक एवं भोजपुरी टाइम्स दैनिक पत्रीकाका पत्रकार यादवलाई कृषि मन्त्री बसन्त कुशवाहाका […]
