तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारलाई कब्जा गरे

जानकी खबर ।२९ साउन ।विद्रोही समूह तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारलाई कब्जा गरेको दाबी गरेको छ । यसलाई तालिबानको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ । कुनै समय तालिबानको गढ मानिएको यो सहर व्यापारको हब रहेका कारण रणनीतिकरुपमा निकै महत्त्वपूर्ण मानिन्छ । बिहीबार अफगानिस्तानले थप सहरहरूमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ । यहीबीच […]

नाग पञ्चमी आज मनाइँदै

जानकी खबर ।२९ साउन, जनकपुरधाम । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास […]

नवनियुक्त मुख्यमन्त्री केसीसहित ७ मन्त्रीले लिए शपथ- लुम्बिनी प्रदेश

जानकी खबर ।२८ साउन,बुटवल ।लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनियताको सपथ लिएका छन्। केसीले लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्। उनीसँगै गठबन्धन दलका अन्य ६ मन्त्रीले समेत पद तथा गोपनीयताको सपथ लिएका छन्। नेपाली कांग्रेसका डिल्ली चौधरीले ग्रामिण तथा शहरी विकास मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादवले […]

केसी लुम्बिनी प्रदेशकका मुख्यमन्त्रीमा नियुक्त

जानकी खबर ।२८ साउन, बुटवल ।लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र […]

जनसंख्याको अनुपातमा भ्याक्सिन उपलब्ध गराउन मुख्यमन्त्री राउतको मांग

जानकी खबर । २८ साउन,जनकपुरधाम ।मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २लाई जनसंख्याको अनुपातमा कोरोना विरुद्धको भ्याक्सीन उपलब्ध गराउन केन्द्रिय कोरोना संकट व्यवस्थापन केन्द्र संग मांग गर्नु भएको छ ।सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्मा नेतृत्वका्े टोली सहित मुजेलिया स्थित ग्रामिण प्रशिक्षण केन्द्रमा बसेको पिसिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले सो मांग गर्नु भएको हो ।सबैभन्दा बढी जनघनत्व तथा भारत […]

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्ला जबरजस्ती करणीको अरोपमा पक्राउ

जानकी खबर ।२८ साउन, जनकपुरधाम । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) पक्राउ परेका छन् । सम्मरीमाई गाउँपालिका वडा १ पकडिहवाका एक महिलामाथि जवरजस्ती करणी गरेको आरोपमा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पीडित महिलाको उजुरीको आधारमा प्रहरीले उनलाई बिहीबार दिउँसो ३ बजे कार्यालय आसपासबाट पक्राउ गरेको हो । रुपन्देहीका प्रमुख जिल्ला […]

हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउत हत्याको आरोपमा पक्राउ

जानकी खबर ।२८ साउन, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउत हत्याको आरोपमा पक्राउ परेका छन् । उनीविरूद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई प्रहरीले केही दिन अगाडि नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार राउतलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । घटनाका […]

आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

जानकी खबर ।साउन,२८, जनकपुरधाम ।आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहिवार देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक – दुई स्थानहरुमा भने मेघ गर्जन र […]

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्देै

जानकी खबर ।२८ साउन, काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बिहीबार दिउँसो बुढानीलकण्ठमा बस्ने बैठकमा १४ औं महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिकाबारे छलफल गर्ने कार्यसूची छ । भदौ १६–१९ सम्मका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका ल्याउनेबारे कांग्रेसभित्र छलफल भइरहेको छ । बुधबार पार्टीका शीर्ष नेताहरुबीच महाधिवेशनका बारेमा घण्टौं […]

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

जानकी खबर ।२७ साउन, काठमाडौं ।नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । मन्त्रालयले बुधबार घिसिङलाई नियुक्ति पत्र दिने तयारी […]