जानकी खबर ।२८ साउन, जनकपुरधाम ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) पक्राउ परेका छन् ।

सम्मरीमाई गाउँपालिका वडा १ पकडिहवाका एक महिलामाथि जवरजस्ती करणी गरेको आरोपमा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

पीडित महिलाको उजुरीको आधारमा प्रहरीले उनलाई बिहीबार दिउँसो ३ बजे कार्यालय आसपासबाट पक्राउ गरेको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले गाउँपालिका अध्यक्ष शुक्लविरुद्ध जवरजस्ती करणी उद्योग अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भइ प्रहरीले आरोपितलाइ पक्राउ गरी उनीहरुमाथि अनुसन्धान सुरु गरिएको पुष्टि गरे।

बुधबार शुक्लाविरुद्ध पीडित महिलाले उजुरी दिएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *