कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले उनलाई थप पाँच दिन हिरासतमा राख्न समय मागेकोमा शुक्रबार न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले तीन दिनको मात्रै अनुमति दिएको हो । नागरिकतासम्बन्धी प्रकरणमा प्रहरीले गत मंगलबार सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो । लगत्तै […]