जनकपुरधाम वडा १४ का वडा सदस्य उपेन्द्र साहले गरे लोसपामा सनाखत

जानकी खबर ।२२ भदौ । जनकपुरधाम ।सम्बादाता-मुकेश ठाकुरजनकपुरधाम उप-महानगपालिका वडा १४ का वडा सदस्य उपेन्द्र साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् । मंगलवार जनकपुरधाममा जनता समाजवादी पार्टीका वडा सदस्य उपेन्द्र साहले निर्वाचन आयोगको कार्यालयमा पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका हुन् ।