कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लाको वडा अधिवेशन विवादित

जानकी खबर ।२९ भदौ,काठमाडौँ ।कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लाको वडा अधिवेशन विवादित बनेको छ ।सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी डडेलधुराको वडा अधिवेशनलाई नमान्ने चेतावनी दिएका छन्  । शुक्रबार डडेलधुराका ५२ मध्ये ५० वडामा अधिवेशन सम्पन्न भएको थियो । जिल्ला सभापति कर्णबहादुर मल्लले अधिवेशन बहिष्कार गरेपछि विवाद उत्पन्न भएको थियो । […]