जानकी खबर ।
२९ भदौ,काठमाडौँ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लाको वडा अधिवेशन विवादित बनेको छ ।
सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी डडेलधुराको वडा अधिवेशनलाई नमान्ने चेतावनी दिएका छन् ।
शुक्रबार डडेलधुराका ५२ मध्ये ५० वडामा अधिवेशन सम्पन्न भएको थियो । जिल्ला सभापति कर्णबहादुर मल्लले अधिवेशन बहिष्कार गरेपछि विवाद उत्पन्न भएको थियो । नेता पौडेलले पत्रकार सम्मेलन गरी सभापति मल्लको पक्षमा अडान लिएका हुन् । जिल्ला सभापतिको सहमतिबेगर भएको अधिवेशनलाई विधिसम्मत मान्न नसकिने उहाँको भनाइ छ ।




