जनकपुरधाम।श्री सीता-राम विवाह पञ्चमी महा-महोत्सवको अवसरमा जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदानमा ११ हजार ११ स्क्वायर फिटको सीता-रामको प्रतिमा निर्माणको अन्तिम चरणमा पुगेको छ ।
विवाह पञ्चमीका लागि नेपाल – भारत लागयत बिश्वको अनेकौं कुना वाट  श्रधालु भक्तजनहरु जनकपुरधाम आइरहेका छन् ।
सप्ताहव्यापी विवाहपञ्चमीको  पाचौं दिन आज राम र जानकीको मटकोर मनाइँदै छ ।
रंगभूमि मैदानको उत्तर-पूर्व कुनामा मंसिर २४ बाट अन्नबाट सीता-रामको प्रतिमा निर्माण भइरहेको छ । प्रतिमाको लम्बाइ १२० फिट र चौडाइ ९१ फिट रहेको छ । यसमा ११ प्रकारको करिब ७० क्विन्टल अन्न प्रयोग हुने अनुमान छ ।

प्रतिमाको उत्तर छेउमा रामका गुरु विश्वामित्र र दक्षिण छेउमा जानकीका बुबा जनकको प्रतिमा निर्माण गरिएको छ ।
प्रतिमा निर्माणमा १० लाख रुपैयाँको अन्न र अन्य व्यवस्थापन गरी २० लाख रुपैयाँ भन्दा बढी खर्च भएको जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष साहले बताए ।
प्रतिमा निर्माणमा दुई नेपालीसहित १० कालिगढ जुटेका छन् । जसमा आठ जना भारतको मध्यप्रदेशका हुन् । मध्यप्रदेशकै सतिश गुजरले प्रतिमा निर्माणको नेतृत्व गरिरहेका छन् ।
गुजरकै नेतृत्वमा गत वर्ष भारतको अयोध्यामा अन्नबाटै १० हजार ८०० स्क्वायर फिटको सीता-रामको प्रतिमा बनाइएको थियो । अयोध्या भगवान रामको जन्मस्थल हो । त्यहाँ बनाएको प्रतिमा अहिले विश्व रेकर्डमा छ ।

जनकपुरधामको प्रतिमा विश्व रेकर्ड बन्ने दाबी गरिएको छ ।
अन्नबाट निर्माण भइरहेको सीता-रामको प्रतिमामा कुनै रंग प्रयोग नहुने प्रतिमा निर्माण समितिका संयोजक जितेन्द्र महासेठले बताए । उनका अनुसार ११ प्रकारको अन्नबाटै रंग संयोजन गरिनेछ ।
उनले प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको बताए ।
भोलि आइतबार जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्वसको मुख्य दिन स्वयंवर र विवाह रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *