फााईल फोटो।

बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ ।

बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

यसैबीच ,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले रूपेशका पूर्वप्रेमिकासहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको पहिचान भने प्रहरीले खुलाएको छैन।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले स्वर्णकारको हत्याका विभिन्न कारणबारे अनुसन्धान भइरहेको बताए। प्रेम सम्बन्ध एक कारण देखिए पनि अरू पनि कारण हुन सक्ने उनको भनाइ छ।

अनुसन्धान अन्तिम चरणमा पुगेको बताउँदै उनले पत्रकार सम्मेलन गरी थप कुरा सार्वजनिक गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *