मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालयहरु एकै ठाउँमा हुने गरि मुख्य प्रशासनिक केन्द्रको रुपमा जनक दरवार स्थापना गर्ने बताएका छन् ।

बुधबार जनकपुरधामको बेंङ्गाशिवपुरमा आयोजित कृष्णाष्टमी मेला तथा कलश यात्राको उदघाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधामको बाउन्नबिघ्घा क्षेत्रमा मधेशको हरेक मन्त्रालय सहितको मुख्य प्रशासनिक ईकाई बनाएर जनक दरवारको रुपमा स्थापित गर्ने जानकारी दिए ।

काठमाडौंको सिंह दरवार जस्तै प्रदेशको मुख्य केन्द्रको रुपमा अव जनक दरवार स्थापित हुने उनले बताए । उनले जनक दरबार बनाउने निर्णय चार महिना पहिलेनै गरेर प्रधानमन्त्री कार्यालयलाई बुझाएको र उक्त कार्यालयबाट स्वीकृति आउने बित्तिकै निमार्ण कार्य अगाडि बढाइने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *