
मिथिलाको महान पर्व जितीया लाई राष्ट्रिय पर्व घोषणा गर्न तथा सरकारी कामकाजमा मैथिली भाषा लागु गराउनका लागि अप्पन विराटगढ परोपकार समाजले विभिन्न कारिक्रमहरु लाई तीव्रता दिदै आएका छन्।

जानकी खबरसँगको विशेष सम्बादमा अप्पन विराटगढ परोपकार समाजकी अध्यक्ष बसुन्धरा झाले गत श्रावण महिना गरिएको कारिक्रम तथा प्रयासहरुको बरेमा जानकारी दिनुभयो।

उहाँले अप्पन विराटगढ परोपकार समाज केन्द्रीय कार्यालय बिराटनगरले मिति २०८०/०४/०६ गते सोमवारका दिन जनकपुरको वडा नं.४ पिडरियामाई चौक स्थित श्री युरेका इन्टनेशनल हाइ स्कुलको प्राङ्गणमा मधेश प्रदेशमा केही षड्यन्त्रकारी र स्वार्थी तत्वहरुले हिन्दी भाषा लाई कामकाजी भाषा बनाउनु पर्छ भन्ने आवाज उठाई रहेकाले हाम्रो अस्तित्व र पहिचान मेटाउन खोजी रहेका ले मिथिलाञ्चलको सु-समृद्ध भाषा मैथिली लाई नै कामकाजी भाषा बनाउन भाषा आयोग ले सिफारिस गरेका ले हामी पनि बहुसंख्यक आम जनता मैथिली भाषाकै पक्षमा रहेकाले हामी मैथिली भाषा लागू गराउनु संग संगै मिथिला मधेशको महान पर्व जितिया लाई राष्ट्रिय पर्वको रुपमा स्थापित गराउनु संगै देश भरी सार्वजनिक बिदा गराउन दवाब स्वरुप “अन्तरक्रिया र बृहत् हस्ताक्षर अभियान” मैथिली अभियानी श्रीमती भारती झाको अध्यक्ष र जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास बैष्णवको प्रमुख आतिथ्य र श्री प्रेम चन्द्र झा ,कमलेश झा , मोहन पासवान महर्षी ,अलसुद्दिन मिंया ,जानकी रमण झा ,स्मिता झालगायत सैंकडौं जनसहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रम अप्पन विराटगढ परोपकार समाज कि अध्यक्ष श्रीमती बसुन्धरा झा ज्यु को संयोजकत्वमा सम्पन्न भएको बताउनुभयो।
त्यस्तै ,उहाँकै अध्यक्षतामा कोशी प्रदेशमा भाषा आयोगले सिफारिस गरेको मैथिली भाषालाई कार्यान्वयन गर्न र देश भरी जितिया पर्वमा सार्वजनिक बिदा दिन २०८० श्रावण ३१गते मरिक समुदाय का जिल्ला अध्यक्ष श्री वलदेव मरिक को हाथ बाट मुख्यमंत्री माननीय उद्धव थापा ज्यु लाई ‘ज्ञापन पत्र’ हस्तान्तरण गरिएको थियो।कार्यक्रममा मैथिली सञ्चारकर्मी संघ, महिला जागरण समिति, मातृभाषा संघर्ष समिति, नेपाल स्वर्णकार समाज, दुखको साथी नेपाल, नेपाल यादव सेवा समिति, नेपाल मारिक डोम सामुदायिक विकास मञ्च, कुर्मी कल्याण समाज नेपाल, मैथिली चलचित्रकर्मी संघ, लगायत २८ वटा संघसंस्था हरुको उपस्थिति रहेको थियो ।मुख्यमंत्री ज्यु ले प्रतिबद्धाता जाहिर गर्नु भयो क्याबिनेट बाट कानुनी बाधा अडचन फुकुवा गरि छिट्टै कार्यान्वयन हुने र जितिया पर्वमा प्रदेशमा सार्वजनिक बिदाको घोषणा गर्नेछौं सँगै कक्षा १ देखि ८ सम्म मातृभाषामा शिक्षा दिने व्यवस्था मिलाइनेछ । यो दायित्व प्रदेश सरकार को रहेको छ।वहाँले अश्वासन दिनु भयो। कार्यक्रममा वरिष्ठ साहित्यकार, लेखक,कवि श्री शिव नारायण पंण्डित( सिंगल),
भाषा संघर्ष समिति का अध्यक्ष एवं गायक श्री वीरेन्द्र झा, श्री सन्तोष सरकार, श्रीमती जया पोखरेल बस्नेत, साहित्यकार डा. रामरिजान यादव, वरिष्ठ पत्रकार श्री नवीन कर्ण, श्री पंकज बर्मा, इन्दरमाया झा,सञ्जु यादव, शिक्षक अनुराधा राय, विजय यादव,सपना यादव, श्रीमती पुष्पा राजवंशी, सुमन मण्डल, श्री अशोक यादव, रतन भगत, पूर्व प्रधानाध्यापक श्री सदानन्द यादव, योगेन्द्र यादव, श्रीमती चम्पादेवी पाल जी, मञ्जु मिश्रा जी, रोजी झा , शिला चौधरी लगायत विभिन्न संघ संस्थाका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।अप्पन विराटगढ परोपकार समाजका वरिष्ठ सल्लाहकार राजेश झाले ज्ञापनपत्र पढेर सुनाउनु भएको थियो। संस्थाका अध्यक्ष झाले हाम्रो माग पुरा नभएसम्म प्रदेशका प्रत्येक गाउँ, टोल,शहरमा बृहत अन्तरक्रिया र हस्ताक्षर अभियान निरन्तर जारी नै रहने जानकारी गराउनुभएको छ।
केहि तस्बिरहरु।












