जानकी खबर । ६ जेेठ
जनकपुरधाम – कोरोना महामारी वाट जोगाउन लगाएको निषेधाज्ञाको कारण यसवर्ष पनि जानकी नवमी प्रभावित भएको छ ।
गत वर्ष पनि संक्रमण फैलिन नदिन गरिएको निषेधाज्ञाको कारण जानकी नवमी प्रभावित भएको थियो ।
आजकै दिन वैशाख शुक्ल नवमीकोआदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी भव्यतासाथ मनाउँने गरिन्छ ।
निषेधाज्ञाको कारण मन्दिर बन्द रहेकाले मन्दिर विधिपूवर्क पूजा गरी जानकी नवमी मनाइने सहमहन्त रामरोशन दास बैष्णवले जानकारी दिनुभयो । उनले घरघरमै पूजाअर्चना गरी जानकी नवमी मनाउन श्रद्धालुभक्तजनमा आग्रह गरेका छन् ।
जानकी नवमीको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै जानकी नवमीको धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश २ कै गरिमालाई विश्वमै स्थापित गर्ने महत्वपूर्ण अवसर भएपनि कोरोना फैलिएको कारण भव्यता दिन नसकेको बताउनु भएको छ ।

। उहाँले घरघरमै पूजाअर्चना गरी जानकी नवमी मनाउन सबै संग आग्रह गरेका छन् ।


