लामो समयदेखि संसद् बैठक अवरुद्ध भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । 

प्रमुख प्रतिपक्षी दल एमालेले लामो समयदेखि बैठक अवरुद्ध गर्दै आएपछि पटक–पटक चासो देखाउँदै आएका राष्ट्रपतिले केही दिनभित्रै संसद्‌मा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाउने तयारी गरेका हुन् । 

बैठक छिट्टै बोलाइने भए पनि मिति भने पक्का भइसकेको छैन ।  

राष्ट्रपतिले यस अघि नै प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि भेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *