काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले आज (सोमबार) पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुनिल शर्मा र एमाले सांसद मानवीर राईलाई आकस्मिक समयमा बोल्न दिएपछि शून्य समयको कारबाही सुरु गर्ने बताएका थिए ।

तर सभामुखले सदनलाई नियमित कारबाहीतर्फ अघि बढाएको भन्दै एमले सांसदहरुले सिटमै उभिएर नाराबाजी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *