सामाजिक सञ्जालमा चर्चित प्रतिभा बागलुङकी सिम्रन परियारको दोस्रो गीत सार्वजनिक गरिएको छ । शनिवार बेलुका उनको स्वरमा ‘मुटुमै घाउ छ…’बोलको गीत सार्वजनिक गरिएको हो । 

गीतमा डा. विष्णुमूर्ति भट्टराईको शब्द, श्रीधर अधिकारीको संगीत, विशाल निरौलाको संगीत संयोजन छ । 

श्रीधरकै निर्देशन रहेको भिडियोमा सिम्रन स्वयंम प्रस्तुत छिन् । 

दीपक गिरीको छायांकन रहेको भिडियोमा दीपक विष्टको सम्पादन छ । भिडियो गीतका प्रस्तुतकर्ता श्रीधरकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

सिम्रनले स्वर दिएको पहिलो गीत ‘उसलाई पाउन २’को फिमेल भर्सन यतिबेला युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *