News Griha :: न्यूजगृह
https://calendar.softnep.tools/nepalitime/1?template=1&time=yes&second=yes&clock=yes&font_size=14px
News Griha :: न्यूजगृह

सुझावहरु

सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

न्यूजगृह

न्यूजगृहसोमबार, साउन १५, २०८०

सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

4Shares

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

काठमाडौं—  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन् । साउन ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्विन्टल सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । 

विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको निकाय हो । राजश्व अनुसन्धान विभागले प्रहरीकोसमेत सहयोग लिएर अनुसन्धान अगाडि बढाएको छ । 

‘सुन तस्करी प्रकरणको अनुसन्धान जरो सम्म पुग्छ । र यो निष्कर्षमा पनि पुग्छ  । तपाईंहरू ढुक्कहुनुहोस्, ’ प्रचण्डको भनाई उदृत गर्दै बैठकमा सहभागि एक नेताले भने ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *