काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर तर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।

आज (सोमबार) देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी  र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *